“पानी ”
हे ! पानी तिमी निश्चित अनुपातमा मात्रै बर्सिदेउ
यति बर्सिदेउ कि
त्यो पानी ले शरीर भिजुन तर कोहि त्यसमा नडुबोस
फूल हरु हास्दै फुलुन तर कसैको पत्ता नझरोस
बाहिर भएका मानिस घर भित्र सजिलै आउन सकोस
बाख्राको सानो पाठो बुरुक्क उफ्रिदा उसकी आमाले पटट कान हल्लाएर आङ को पानी झार्न सकोस ।
पानी त्यति मात्रै बर्सिदेउ कि खेतका फसल र मानिसका चेहेरा मुस्कुराउन सकोस
पानी तिमी यति मात्रै बर्सिदेउ कि जसलाई याद गरिएको छ उसलाइ भुलाउन पनि सकियोस
हे ! पानी तिमी यति मात्रै बर्सिदेउ कि त्यो थोपा थोपा चुम्दै चुम्दै कसैलाइ याद गर्न सकियोस ।
पानी तिमी यति मात्रै बर्सिदेउ
