Skip to content

कहिल्यै
गर्नु पर्दैन चाहना

अझै रातमा तारा झर्दैछन्,
कोठा फेरिँदै, सम्झनाहरू जाग्दैछन्,
आफ्नै मनसँग एकोहोरो प्रश्न–प्रतिप्रश्न गर्दै,
उनीसँग बितेका ती क्षणहरू सम्झँदै,
प्रायश्चित गरिरहेछु बारम्बार ।

मनका रहरहरू फेरि खोज्दै,
बिर्सिएका नयनका आँसुहरू पोख्दै,
सुम्सुम्याउँदै सपनाका रंगीन फूलहरू,
उनी दुखेका ती पलहरू सम्झँदै,
प्रायश्चित गरिरहेछु बारम्बार ।

छुट्न नमानेका भावनाहरू मर्दैछन्,
अकस्मात् प्रेमलाई भेलाबाढीमा बगाउँदै,
रित्तो मुटुभित्र समर्पणको जल भरिँदै,
उनी टाढिएको त्यो समय सम्झँदै,
प्रायश्चित गरिरहेछु बारम्बार ।

साँचो माय गर्ने बानी फेरिँदै,
पराइ आशामा सपनाहरू टाढिँदै,
छातीभित्र मेरो तस्वीर टाँसेर रोएको मन,
उनी छुट्टिएको त्यो काल सम्झँदै,
प्रायश्चित गरिरहेछु बारम्बार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *