Skip to content

गजल (गीत)

जिन्दगी

अग्लो हिमाल हाम्रो यो देशमै सुहाओस्
चिसो बतास जस्तो माया त्यहाँ सुसाओस्
पारै नपाइने छन् यात्रै हिंडेर आओस्
यो निन्दगी नदी झैं गन्तव्य भेट्न धाओस् ।।

इच्छाहरु अनेकौं बासी हुँनै नपाऊन्
नारी कतै नजाऊन् लोग्ने फिरेर आऊन्
मौका छ न्याउलीले यो प्रेम गीत गाओस्
यो निन्दगी नदी झैं गन्तव्य भेट्न धाओस् ।।
होम सुवेदी

मनमा देवता

विधाता छन्द याे रोजी सबैले गीत यो गाअाैं
उता खोजेर के मिल्छन् नखोजी देवता पाअाै‌ं
सुनाई सक्नु के हामी स्वयंलाई लखेट्तै छौं
स्वयं भित्रै बरु खोजे मनैमा देवता भेट्छौं ।।

सजाएका सबै मूर्ति यहाँ हामीहरु पुज्छौं
उता यो स्वार्थमा पर्दै यता हामीहरु जुध्छौं
वृथा यो जिन्दगानीमा पराइको गला रेट्छौं
स्वयं भित्रै बरु खोजे मनैमा देवता भेट्छौं
होम सुवेदी

तप्पतप्प

तप्प तप्प जलधारा चुल्ठाबाट चुहाउन मनाही छ
मुलायम केशलाई भनिदेऊ धेरै सुहाउन मनाही छ ।

सक्छौ भने रेसमी रुमालले बेर त्यसलाई
खुला राखेर जथाभावीकाहरुसँग छुवाउन मनाही छ ।

बरु चुवाको फूलमालाले विन्यास गर त्यसलाई
हामी आँखा छोपौंला बरु धेरै हरेस खुवाउन मनाही छ ।

कति भाग्यमानी र प्यारो रहेछ त्यो चुल्ठो
उसको श्पर्श सुखसम्म नपाएकालाई रुवाउन मनाही छ ।

गजल

च्यातिएको मायालाई टालिराख्या छु
तिमी आउने आसमा टुकी बालिराख्या छु ।।

नसम्झनु मैले माया मारे भनेर
तिम्रो आशा मनमा अझै पालिराख्या छु ।।

ढोका बन्द गर्नै पर्ने रीत यहाँ छ
तर मैले पारदर्शी जाली राख्या छु ।।

आँसु झार्न नपाएर सारै सकस भो
आँसु थुन्ने परेलीको आली राख्या छु ।।

खपिसक्नु छैन जाडो चिसो बढेर
तिमी आउँछ्यौ भन्दै ओछिन खाली राख्या छु ।।

रागविराग

गजलः
रागविराग

बुढेस कालमा मायाप्रीति लाउनु पर्या छैन मैले
हुन ता हो लगनगाँठो सम्म गर्या छैन मैले ।।

दोधार हुन्छ मनमा अझै किन हाेला अहिलेसम्म
मायाको बिउ जथाभावी कतै छर्या छैन मैले ।।

माया गर्न कठिन खोलो तर्नु पर्छ भन्दा रैछन्
कता खोलो तर्नु जँघार सम्म तर्या छैन मैले ।।

पक्कै पनि बुढेसकाल अाएकै हाे जान्दछु म
तरै पनि कपालमा ध्वाँसो छर्या छैन मैले ।।

फुक्का साँढे जस्तै केही राखापाखा चर्दा रछन्
तिनका जस्ताे जथाभाबी खेत चर्या छैन मैले ।।

अामाबाउकाे याद गर

गजलः
शहर मात्र हेर्नैहरू गाउँकाे पनि याद गर
आफू तिमी जन्मिएकाे ठाउँकाे पनि याद गर ।।

सधैं भरि ब्याजै मात्र तिर्न कति मरिहत्ते
कहिले काहीं ऋण तिर्दा साउँकाे पनि याद गर ।।

एकै पटक उफ्रिएर अकास कहाँ छुइन्छ र
माथि कतै ठाेकिएला टाउकाे पनि याद गर ।।

बाेकेका छाै बाेकेका छाै ऋणकाे भारी राताे दिन
संसार भरका अाशामी हाै साहुकाे पनि याद गर ।।

अासामीका रूपमा सधैं परेका छाै भड्खालाेमा
असुल्रनलाइ थाापिएकाे दाउको पनि याद गर ।।

गाँस केही कटाएर देशकाे ऋण तिर्नु अब
शरीर झिर्न भाका अामा बाउकाे पनि याद गर ।।

गजल

सबै याद मनबाट अस्ताई जाउन्
भन्यो फेरि झन् झन् उदाउँदा रहेछन् ।।

नजीकै बसेमा असल् हुन्छ भन्थे
उनी दूर बस्तै सताउँदा रहेछन् ।।

हुँदा दूर देशमा हुँदै हुन्न माया
कहाँ हुन्छ झन् झन् फसाउँदा रहेछन् ।।

उता खाडीका गर्मीको देशबाटै
मुटुमा निसाना लगाउँदा रहेछन् ।।

नसोचूँ भन्यो लौ धरै पाइएन
नयन आँसु धारा बगाउँदा रहेछन् ।।

म ता स्नेहले प्रेम सञ्चार गर्थें
उनी ता रगत नै चुहाउँदा रहेछन् ।।

परिवारको गर्न थालेर चिन्ता
नखाई नखाई अघाउँदा रहेछन् ।।

गजल

गजलः
फलेको वृक्षको हाँगो झुेक झैं झुक्तथ्यो नानु
म केही छिन नबोल्दैमा सलक्कै सुक्तथ्यौ नानु ।।

अलिक घुर्की लगाएरै म हिंड्थें केही तर्केर
नजारे झैं गरी बाटो निरन्तर ढुक्तथ्यौ नानु ।।

भएको छैन क्यै गल्ती भएमा माफी चाहन्छु
क्षमा गर्नै ढिलो गछ्र्याै स्वयं नै दुख्तथ्यौ नानु ।।

म तिम्रो स्पर्शको तृष्णा मुटुभित्रै लिई हिंड्थें
तिमी गल्ती स्वयं गथ्र्यौ त्यसैमा चुक्तथ्यो नानु ।।

अगाडि आउने इच्छा मलाई ता हुने गथ्र्याे
नदेखे झैं गरे जस्तो गरेरै लुक्तथ्यौ नानु ।।

चाैपाल छन्द

एक गजल

आसै थिएन भेट्ने यो के भएछ नानू
बिर्सिसकेको छु मैले सम्झाउँछ बाँसुरीले ।।

धेरै भएछ हाम्रो सम्बाद शून्य नानू
झङ्कार गर्छ पैदा तिम्रै नयाँ चुरीले ।।

खाडी पसेर मैले धेरै कुरा गुमाएँ
कैले नसोच नानू बिर्स्यो नि निस्ठुरीले ।।

खाई कसम अनेकौ हामी अलग भएथ्यौ
बाचाहरु उडाई लग्ला कि यो हुरीले ।।

पक्का गरी समाऊ बलिया ती पाखुरीले
छाती म थाप्छिदिउँला रोप्नु त्यहाँ छुरीले ।।

भाग्य

एक्लो रहन उ लागि परेको छ
सुरु कै दिन तिहार माघि परेको छ

राम्रा फल हावाले चलायमान गरे
एउटा छ तर त्यो दागी परेको छ

जन्मेकै दिन आमा गुमाएको बच्चा
भाग्यले झन राम्रो काखि परेको छ ! !

फजल

पसिना बाढी सरी बगाएर के पायाै तिम्ले
अाँसु झर्ना सरी चुहाएर के पायाै तिम्ले ।

तिमी बिना बाँच्नै सकिन्न भन्दै हि‌ड्थ्यौ कुनै दिन
झुटो कसम खायौ र कतै हरायौ के पायाै तिम्ले ।

परिवारका अघि एक गाँसपनि रामरी खान पाएनौ कुनै दिन
यही गाँसकाे लाेभमा सधै‌ मरुभूमिमा बिलायाै के पायाै तिम्ले ।

छिमेकीको नाका बन्दी

नाका बन्द गरेर नाकै बन्द गर्न सिकाए,
नाक बन्दगरेर लामो श्वास फेर्न अह्राए ।

नाका बन्द गरी पेटमा आगो बाल्न लगाए,
नाभीको अग्नि दन्काई जीऊँदै कति जलाए ।

किन प्रीत मा मर्दछु

दृश्टिहरु फेरीएछ्न हर नजरहरू म हेर्दछु
छ कि प्रीत. न निको हर कहर सहदछु
प्यार त रोग भो जल्यो दील नै फोर्दछु
के वीवाद हो जिन्दगी को किन प्रीत मा मर्दछु

अडदैन अब घर संसार् !

भडकाउने भए अब चित्रहरुले पनी नग्न बन्यो संसार
खुला छन हर बजारमा उर्बसी पदमिनिका सृङार्
मोह बन्यो मादकता अडदैन अब घर संसार्
बगी रहेछ मन च्ंचल खोज्दै नव नव वहार

भत्कियको छ मन

भत्कियको छ मन जताततै के देखाउँ तिम्लाई म
चर्केको छ मुटु जता ततै के राखुँ तिम्लाई यन्हाँ
सपना तिम्रा सुनौला सजिएका ती आँखा मा
रक्त्ताम्य छ छाती यो के हुन्छ र तिम्लाई अंगाल्न

प्रदेशीको बिल्ला

रंगसप्त साउँद
गाँजरी डोटी
हल मुम्बई
देउडा गित

१) तली खेत सीऊती सेरा धानखायो गुनाले
रात दीनै घरको झल्को प्रदेस हुनाले।।

२) कोई साउदी छन कोई दुबई छन कोई नेपालै भित्र
सन्चो छके बिसन्चोछमेरा फेसबुक मित्र।।

३) की सम्झना गाऊ घरको कीत फेसबुक साथी
जिन्दगी धौ काट्नु भयोठाऊ होलाके माथी।।

४) की जिन्दगी सुखी होईजाउ की न लागौ रीन
बालकालै प्रदेसी भयl हास्न्या खेल्न्या दीन।।

५) रातभरी गेटको डीउटीआखॉ आसु चुना
प्रदेसी लाई सम्झी होला घर परीवार रुना।

स्वागत छ

आइपुग्यौ दसैं तिमी
घरघर बिहानैमा ।
पाहुर कोशेली बोकी
विविध रोटी साथैमा ।

नाना चाचा मेरै राम्रो
बाल बालिका उमंग ।
दक्षिणा ली प्रफुल्लित
उफ्री उफ्री कति दंग।

दुष्ट को के कुरा

लागे छ आगो मन भित्र नै जलन को के कुरा
आशा रोपी अनन्त न पाउनु निरासाको के कुरा
झिकी खुसी अरुको नाच्छन ती दुष्ट को के कुरा
समाजका ब्याधी नै देश हाक्ने नेतृत्वको के कुरा