Skip to content

गजल (गीत)

मेरी उनी

घरमा टुकी बलीरा’ छ संझ्यालमा अझै
मेरी उनी कुरीरा’ छिन दैलो कुरी अझै

पारी खेत चौतारोमा भारी अड्याउँदै छु
चिउँडो ठोक्ने उकालो चढ्नुपर्छ अझै

तेर्सो बाटो हिंड्दा देख्छु संझ्यालको टुकी
सल्ले वनको घना जंगल कट्नु पर्छ अझै

फङ्ल्याङ् फङ्ल्याङ ढिकी आवाज वरैबाट सुनें
मेरी आमा संसाँझ नी धान फल्छीन् अझै

ट्वार ट्वार हुक्का’ आवाज एकोहोरो सुनें
मेरा बाबा दैलो कुरी हुक्का तान्छन अझै

खल्याङ बल्याङ चिचि पापा के के सुनें के के
भुरा भुरी आगनीमा उफ्रँदै छन अझै

झलमल्ल जुनेली साँझ कस्तो सित्तल लाग्ने
थकै मार्न चौतारीमा बसौं कित अझै
मेरी उनी………..

छोड मलाई

छोड मलाई तिमी लाई अन्तै सुख मिल्छ भने
जोड नाता तिमी लाई अन्तै सुख मिल्छ भने

कहाँ पुग्ने टुंगो छैन चली रह्यो सधै यात्रा
मोड बाटो तिमी लाई अन्तै सुख मिल्छ भने

किन तिमि पार्ने गर्छौ सियो लाइ पहाड जत्रो
तोड नाता तिमी लाइ अन्तै सुख मिल्छ भने

सुके फुल छैन माली उराठ बन्यो फुलबारी
फोड बाग तिमी लाई अन्तै सुख मिल्छ भने

554564_605582079472254_183148240_n

नबोलेनी कती मिठो मुस्काएर गयौ!

नबोलेनी कती मिठो मुस्काएर गयौ!
नगरेनी झैँ झगडा हच्काएर गयौ!!

यहि ऋतले गर्दा तिमि सम्झनामा आउदै!
मिठो मिठो बचन बाण ले पच्काएर गयौ!!

जिन्दगीले अ,कबिलाई सायर बनाइदियो!
शेर होइन एउटा फोटो छप्पाएर गयौ!!

नया सोच नया जागर भरिदै थ्यो तनमा!
तिम्ले भने खाली पेजमै दच्कायेर गयौ!!

अनौठो भो मिलन हाम्रो नचिनेरै अनि!
नखोले नि मनको दैलो घच्कायेर गयौ!!

खै के हुन्थ्यो हाम्रो माया नबुझेको भए!
जिन्दगी नै मेरो नाम मा धस्काएर गयौ !!!

तिमीलाई दिईसके

मेरो मन र मेरो तन तिमी□□□लाई दिईसके
चोखो प्यार मिठो बचन तिमी लाई दिईसके

जलाउ कि ढलाईदेउ□□□अधिकार तिम्रो नै
मायाको यो हरियो बन तिमी□लाई दिईसके

छिनाल्न मुस्किल छ एकल त्यो प्रयासमा त
पिरतिको दह्रो बन्धन तिमी□□लाई दिईसके

सम्हालि राख्नु है तिमीलाई उपहार मेरो भो
बहार र तृष्णा चमन तिमी□□लाई दिईसके

छोडेर कहा जाउ र म मेरो केही छैन याहा
धर्ति अनि निलो गगन तिमी लाई दिईसके

अर्जुन खत्री ‘The Rude Boy’

देशै भरि शोक मग्न खबर चल्यो आज

देशै भरि शोक मग्न खबर चल्यो आज
क्रान्तिको अथक योद्धा भुइमा ढल्यो आज

प्रकृतिको नियम हो रोक्न कहाँ सकिन्छ र?
केहि गर्छु भन्दा भन्दै उसको चिता बल्यो आज

क्रान्तिको अटल आस्था अनि बिचार यहीँ छोडी
हेर्दा हेर्दै भैतिक शरीर खरानी भै जल्यो आज

थाकेन त्यो बुढो शरिर क्रान्तिको यात्रा भरि
तर ऊ लड्दा लड्दै कालसंग गल्यो आज

गुमाउनु पर्यो देशले महान् त्यो आदर्शलाइ
रसाए सबका आँखा ठूलो दु:ख पर्यो आज

देउता आफै बोल्ने मन्दिर

देउता आफै बोल्ने मन्दिर भेटिएन आजसम्म
ढुङ्गा पूज्ने इच्छा फेरि, मेटिएन आजसम्म

घामको झुल्कोभन्दा पैले म नै पुग्छु अन्तु डाँडा
तर किन ? प्रीतको आँगन, टेकिएन आजसम्म

आज फेरी अन्जान मै

आज फेरी अन्जान मै अतित को घाउ छुल्लिएछ
गाइने दाइ को सारंगिले सुक्या घाउ कोट्टिएछ
रगत जति आँसु बनि आँखा बाट रसाएछन्
पिडा जति मुटु पोल्न भित्र भित्रै गुम्सिएछन्
आज फेरी गाइने दाइ ले मेरो घाउ बल्झाएछन्
बिरह को धुन बजाई तिम्रो याद फर्काएछन्
हास्न खोजे पिडा लुकाई आँसु रोक्न सकिएन
आँखा छोपी आँसु छेक्दा पिडा खप्न सकिएन
गाइने दाइ त हिडीगए मेरो घाउ कोट्याएर
उनि संगै तिम्रो याद मेटाउन सकिएन
घाउ पार्ने तिमि भयौ निको पार्ने भेटिएन
बाच्न पनि गारो भयो मर्न पनि सकिएन

आशै आश को जिन्दगानी

तिम्रै लागि भनी एउटा गजल लेखे मैले
तिमिलेनै देका पिडा पोख्न लेखे मैले
मिठा मिठा बात गरि कुनै दिन हसायेथ्यौ
त्यै हसोका टुक्रा हरु जोड्न लेखे मैले
गौथली का बथान सँगै कतै उडी गयौ तिमि
एकान्त का दु:ख हरु भोगी लेखे मैले
कोइलिझै वसन्त मा आउलाउ तिमि भनी
आशै आश को जिन्दगानी साँच्न लेखे मैले

गजल (समाज सपार्न)

नबुझे चित्त बोलेरै छोड फकाऊ सपार्न
सभ्यता सिकी सुधार्न लम्क लजाऊ झपार्न

आलस्य हुन्छ अरुको भाग लुछेर नखोस
सन्तोष मिल्छ भनेरै छोड नखााऊ डकार्न

जो पनि बने समाज बन्छ आरेस नगर
सम्बन्ध भन्या त्यसरी लग नजाऊ हकार्न

image

योजना

बाटो भिराले प्रकृति सुनौला ।
हर घुम्तिहरु मा खुस्वु भेटौंला ।।

तरेली बगानका चिया पालुवामा ,
मोती झैं उभेका शित दाना भेटौंला ।।

सुरम्य लाग्ने सुन्दर वगानका ,
उन्मत्त जोवनका वगेनी भेटौंला ।।

सिक्सीकाउने सिरेटोहरु लाई ,
उष्ण हुने ओलन , तृष्णा मेटौंला ।

सुन्दर वयका मदमस्त लयका ,
भाव सुनेर दिन जो बिताउँला ।।

यीनै थिए सपना , बिपनाहरुमा
योजना बनेका , कुनै दिन पु¥याउँला ।।

रेट्दा रेट्दै सारङ्गिको तारै चुटि गयो …

रेट्दा रेट्दै सारङ्गिको तारै चुटि गयो
गोरेटोमा हिड्दा हिड्दै यात्रै टुटि गयो

जती भुल्न खोजे पनि याद अल्झिदिन्छ
निष्ठुरिकै सम्झनाले घाऊ बल्झिदिन्छ
मनमा माया हुँदा हुँदै साथै छुटि गयो
गोरेटोमा हिड्दा हिड्दै यात्रै टुटि गयो

सोचे जस्तो जिन्दगीको कथा लेखिएन
दुख्छ छाती भित्र भित्रै ब्यथा देखिएन
निर्मोहिले हाँसो खुसी सबै लुटि गयो
गोरेटोमा हिड्दा हिड्दै यात्रै टुटि गयो

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

पालुवामै किन

गजल
पालुवामै किन झ¥यो पात हाम्रो
आखिर किन टुट्यो साथ हाम्रो ।।

देवीदेवता भाकेकै थियौं हामीले
फापेन किन पिरतीको रात हाम्रो ।।

पिएका थिएनौं हामीले कहिल्यै
तर किन स्वीकारिएन मात हाम्रोे ।।

मन मिल्यो तन मिल्यो गल्ती के भो
आखिर तिमीले किन ग¥यौं घात हाम्रो ।।

सपनीमा आइरयौं मनमा छाइरयौं
यद्यपि यो जुनीमा नमिल्ने भो हात हाम्रो ।।
मकर वियस, हेटौंडा
www.makaronline.blogspot.com

गजल

नाकै काट्ने काम गर्यैा नि हत्तेरिका !
गिर्दा गिर्दै कहाँ सम्म झर्यैा नि हत्तेरिका !

समाजले के सेाँच्लान ? म एक्लेा मान्छे
तिमी पनि मेरै घरमा केाठा सर्यैा नि हत्तेरिका !

मन त मेरेा सफा नै थियेा बेालि नि मीठै
किन ? अ्राँखै छेाप्ने विषरूपी माया भर्यैा नि हत्तेरिका !

टाटे पाटे लुगा तिम्रेा छ गाँठे
त्यसरी लुगै फाट्ने गरी कहाँ डढ्यैा नि हत्तेरिका !

दाइ भन्दै म्वाइ खान्छ्यैा किन ?
साइनेा केलाउदै जादा अ्राफ्नै साली पर्यैा नि हत्तेरिका !

गजल

अ्राँसु छल्की नदी बन्ला, बग्ला भेल सरी
व्यक्त गर्ने केासिस गर्छु, भावना बन्छ जेल सरी

तिम्रेा लागि ज्यान दिन्छु, माया सबथेाक तिमी
तिम्ले त झुटेा दियैा माया, सम्झ्यैा खेल सरी

सँधै तिमलाइ राख्छु भन्थेँ अँगालेामा प्रिय
तिमी त अ्राज विलायैा प्रिय नफर्कने रेल सरी

गजल

न भेाक मेट्छ न प्यास, केबल चेाट हेा चुरेाट
धेरै पियेा त कागजी मात्र नेाट हेा चुरेाट

सँधै लागिरहने तलतल यसकेा
कहिल्यै नमेटिने खेाट हेा चुरेाट

हाम्रेा येा लामेा जीवन यात्रामा
स्वर्ग जाने छेाटेा रेाड हेा चुरेाट

यस प्रतिस्पर्धी दुनियामा
अरूकेा खुट्टा तान्ने हेाड हेा चुरेाट

२०६३।५।२८
जमिन राइ