गजल (गीत)
भाषा
भाषा
घरबारी थिए माथि, शिखर उच्च शैलमा,
मकै कोदो र केराउ, लटरम्मै नि बारिमा ।
झुल्थे ती बारि डीलैमा, केराघरी झुकी तलै,
बोडी सिमी लटैरम्म, चिचिण्डा लहरा त्यतै ।
पशुको नबुझे भाषा, कोपभाजन गर्दछ,
भूमिको नबुझे भाषा, भूकम्पमा ज पर्दछ ।
इन्द्रको नबुझे भाषा, बाढीमा पनि पर्दछ,
ज्ञानिको नबुझे भाषा, अज्ञानि मानिस बन्दछ ।
गुरुको नबुझे भाषा, चेलो थला ज पर्दछ ,
हाकिमी नबुझे भाषा, अधिकार ज गुम्दछ।
भोटरको नबुझे भाषा, नेताको भोट गुम्दछ,
मनमा हरपल तिमीनै रहन्छ्यौ
चौटहजार पायर शरिर मरेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ!!
तिरस्कार जतीनै तिम्ले गरेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ!!
सक्दिन म अनेक बाहना गर्न,तिम्रो लोकछोडी अन्यत्रै सर्न,
योदुनीया बाट बसाइ सरेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ।।
माया केहो भनी पुस्तकमा नखोज,समिप आइ यो मनलाइ सोध,
जहाजै चढेर पर्देश झरेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ
लोकले भन्छ सपना पच्छ्याउ,कमीकमजोरी टाली हाबी भयँ
पराय कै अधरमा परेनी यो मनमा हरपल तिमीनै रहन्छ्यौ
सन्दिप आचार्य
नवलपरासी
गजल
टाढा हुँदा हुँदै पनि उनकै याद अाइरह्यो
उनकाे मुहार मेरो मनले मनैभित्र पाइरह्यो
मानौ मेराे मन एक कुल्कुलाउने खाेलो रैछ
उनी मेरो समुद्र हुन् उनै तिर धाइ रह्यो ।।
काग सधै कराएकाे किन होला रुख चढी
खसाए कि अाँसु थाेपा मेरो चिठी पढी पढी
अाउने बेला हाेला कैले म ता यसै सुकि सके
एकै पल पनि लाग्छ मलाइ अाज लामाे घडी ।।
उनलाइ पनि मेरै जस्तो पिरै पिर पर्दो होला
सम्झनाले मनै भित्र दुखै खुख गर्दो होला
कति होला पर्खिएर बस्नु मैले अाँखा तानी
अाँसु मात्र सुक्या हैनन् सुक्यो मानाै कोसी खोला ।।
मझेरीमा पुनः पोेस्ट गरिएको ।
सानाे गजल
टाढा हुँदा हुँदै पनि उनकै याद अाइरह्यो
उनकाे मुहार मेरो मनले मनैभित्र पाइरह्यो
मानौ मेराे मन एक कुल्कुलाउने खाेलो रैछ
उनी मेरो समुद्र हुन् उनै तिर धाइ रह्यो ।।
काग सधै कराएकाे किन होला रुख चढी
खसाए कि अाँसु थाेपा मेरो चिठी पढी पढी
अाउने बेला हाेला कैले म ता यसै सुकि सके
एकै पल पनि लाग्छ मलाइ अाज लामाे घडी ।।
उनलाइ पनि मेरै जस्तो पिरै पिर पर्दो होला
सम्झनाले मनै भित्र दुखै खुख गर्दो होला
कति होला पर्खिएर बस्नु मैले अाँखा तानी
अाँसु मात्र सुक्या हैनन् सुक्यो मानाै कोसी खोला ।।
धाँजा फाट्यो मन भित्र
धाँजा फाट्यो मन भित्र ,
चिरा परि मुटु जल्यो !
प्रकृतिको कहर बर्ष्यो ,
सपनाहरू सबै ढल्यो !!
धर्धराउँदै पृथ्वी काँपी ,
सारा ईतिहाँस देवल ढल्यो !
पहाडका टुप्पी ढले ,
हिमालका आब्रु ढल्यो !
घरका छाना खर्क कान्ला ,
खेतका गरा आली ढल्यो !
कान्छा काका जेठा बा’को ,
सबै घरका पाली ढल्यो !
के उत्पात भयो यहँ … ,
नेपालीको भाग्य ढल्यो !
धाँजा फाट्यो मन भित्र ,
चिरा परि मुटु जल्यो !
प्रकृतिको कहर बर्ष्यो ,
सपनाहरू सबै ढल्यो !!
मुटु चिरिदिऊँ लाग्छ…/गजल
मुटु चिरि-दिउँ लाग्छ, तिम्रो वियोगमा
अलिकति पिउँ लाग्छ, तिम्रो वियोगमा !
***
हजार जन्म सँगै बाँचौ,भन्ने गर्थ्यौ तिमी
एक्लै अब जिउँ लाग्छ,तिम्रो बियोगमा !
***
तिमीबिना च्यातिएको टुक्रा-टुक्रा मुटु
समेटेरै सिउँ लाग्छ, तिम्रो वियोगमा !
***
खोला, सागर, ताल सबै सुके झै लाग्छ
भैं आँसु भरिउँ लाग्छ, तिम्रो वियोगमा !
***
गमलामा सजिएको फूल देख्दा पनि
उखेलेरै लिउँ लाग्छ, तिम्रो वियोगमा !!
******************************
