Skip to content


आइपुग्यौ दसैं तिमी
घरघर बिहानैमा ।
पाहुर कोशेली बोकी
विविध रोटी साथैमा ।

नाना चाचा मेरै राम्रो
बाल बालिका उमंग ।
दक्षिणा ली प्रफुल्लित
उफ्री उफ्री कति दंग।

जऊको पहेंलो राम्रो
जमरा तिम्रो कानैमा ।
लरक्क त्यो लर्केको
माला पनि छ गलैमा ।

देवी प्रसाद राता नै
टीका टल्केको निधार ।
हेरिरहूँ जस्तो राम्रो
झलक्कै तिम्रो मुहार ।

उच्च हिमको शिखर
पाल्पा ढाका टोपी शिर ।
टलक्क हेर टल्केको
माछापुछ्रे उत्तरतिर ।

आई पुग्यौ सकुशल
विघ्न कुनै बाधा छैन ?
बाटा नाका बन्द जस्ता
आज कतै देखिदैन ?

सन्चो बिसन्चो कस्तो छ ?
भन अहिले तिमीलाई ।
हामी सबै नै सन्चै छौं
स्वागत छ तिमीलाई ।

2016-10-11 00:06:07 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *