Skip to content

स्वदेश गीत

आँखाको नानीमा मेरो देश हुन्छ

  • by

आँखाको नानीमा मेरो देश हुन्छ
देशलाई दुख्दा मेरो मुटु रुन्छ
सुन्दर छ भूभाग भावना विशाल
मनमा छ मुटुमा शिरमा नेपाल

जहाँ छन् बुद्धका आँखा

  • by

जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
छल्किन्छ ममता मेरो भावगंगा जतातता

जंगी निशान

  • by

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो

हिमाल झैँ अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जंगी निशान हाम्रो