Skip to content

बस्छु म त हिमालको छायाँमा

  • by


बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा

कहीं छैन यो हसिलो हिमालझैं हाम्रो
कहीं छैन यो रसिलो नेपालझैं राम्रो
जहा जाऊँ अति लाग्छ यो नेपाली माया
जताततै फैलिदिन्छ यो हिमाली छायाँ

यो छायाँमा फैलिएर मलाई फुल्न देऊ
यो मायामा गइरिएर मलाई भुल्न देऊ
कोहीदेखि डग्ने छैन हिमाल छ भने
कहिले पनि मर्ने छैनौं नेपाल छ भने

शब्द – प्रेम विनोद नन्दन
स्वर – प्रेमध्वज प्रधान
संगीत – नातिकाजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *