Skip to content

स्वदेश गीत

जय नेपाल

मादलको मिठो तालमा
शान्तीको गीत घन्काउंछौ ।
परिआए खुकुरी चम्काई
बैरीको शिर छप्काउंछौ ।
हाम्रो मनमा नेपाल तनमा नेपाल ।
रगतको हर थोपा थोपामा नेपाल ।
जय जय नेपाल जय जय नेपाल ।
जय बीरभूमि नेपाल ।

चन्द्र र सूर्य अंकित
ध्वजा हाम्रो सान हो ।
जननी झैं जन्मभूमि
नेपाल हाम्रो प्राण हो ।
हाम्रो मनमा नेपाल तनमा नेपाल ।
रगतको हर थोपा थोपामा नेपाल ।
जय जय नेपाल जय जय नेपाल ।
जय पुण्यभूमि नेपाल ।

बिश्वमा शान्ती फिंजाउने
बुध्द हाम्रो गौरब हो ।
सर्बोच्च शिखर सगरमाथा
नेपालीको धरोहर हो ।
हाम्रो मनमा नेपाल तनमा नेपाल ।
रगतको हर थोपा थोपामा नेपाल ।
जय जय नेपाल जय जय नेपाल ।

नेपाल याद आउंछ

झुल्लुक्क हिमाल देख्दा
नेपालको याद आउंछ
स्वदेशको माटोको सुबासले
मेरो ज्यानमा जोश छाउंछ ।

रारा फेवा सगरमाथा
लाली गुंरास फुलेको
पुण्यभूमी मेरो देश
बुध्द सीता जन्मेको ।
भंज्याङ्ग फांट देख्दा
नेपालको याद आउंछ ।
स्वदेशको माटोको सुबासले
मेरो ज्यानमा जोश छाउंछ ।

हिमाल पहाड मधेश
मेची कर्णाली बगेको
बीरभूमी मेरो देश
भिमसेन बलभद्र जन्मेको ।
मुर्चुङ्गा मादल घन्कदा
नेपाल याद आउंछ ।
स्वदेशको माटोको सुबासले
मेरो ज्यानमा जोश छाउंछ ।

बचाई राख्छौं शान यो

बचाई राख्छौं शान यो,स्वतन्त्र हाम्रो निशानको;
पूजा गर्छौं स्वदेशको अर्पेर पुष्प सम्मानको!

धपक्क पार्दै बस्ती बस्ती सौदामिनी समानको;
चिराग बाल्छौं सबै मिली उच्च स्वाभिमानको!

पिटे पनि आमा

पिटे पनि आमा जाती, पोले पनि घामै जाती छ
देश भन्नु देश नै हो, यो त सधैं शिरमाथि छ

देशमै बस किन जान्छौ बिदेशी भर्तीमा?
माना रोपे मुरी फल्छ नेपाली धर्तीमा

दिनभरी घाम साथी, घाम ढले जून साथी छ

सम्साँझैमा

  • by

सम्साँझैमा काग कराइरह्यो
खै के के खबर ल्याउने हो
मुर्च्छना मरेको गीत सुन्दासुन्दै
म थाकिसकें
लौ के के खबर ल्याउने हो!

सिमानामा

  • by

पराई घरको कथा हैन यो
घरभित्रकै ब्याथा हाम्रै हो, सुन है!
हिमालको काखमा सुख शान्ति थियो
मर्यादाको मियो सल्केर बल्यो
सुनसान रातमा दनदनी आगो
मृत्युको जहर फैलिए जस्तो गाउँबस्तीमा डँढेले
समयको झेली खेलैले देश दुख्यो गाउँ ठाउँमा