Skip to content

हास्यव्यङ्ग्य कविता

सिरुपाते जुँगा मेरो

सिरुपाते जुँगा मेरो,
च्याट्ट काट्छु दारी,
जुल्फी कपाल कोर्दै हिंड्छु
सबको सेखी झारी !

अतर लाउँछु मग मगाउने
पुग्छु कहिले पारी,
केटी भए चल्छ मलाई
ब्याउनी होस् कि थारी !!

टुक्राटाक्री (झटारो)

  • by

१ सभासदका दिन
दुईचार महिना
सभासद भएकोमा
रमाउनमा बित्यो
दुई-चार महिना
राम्रो मन्त्री पाउन
मालिकको पाउ
समाउनमा बित्यो
दुईचार महिना
एउटा घर बनाउनलाई
कमाउनलाई बित्यो
दुई-चार महिना
जानलागेको सभासद
थमाउनलाई बित्यो
बाँकी दिन
सरकार ढलेपछि
नयाँ सरकार फेरि
बनाउनमा बित्यो ।

बजेट आउँदा (झटारो)

  • by

ल्याउदा जनताको बजेट
गर्दै ठेलमेल र घचेट
कोही नारा जुलुसले कुर्लिए
कोही हातपात गर्दै उर्लिए
कसैको ढाडै सेकियो
कसैको टाउकै टेकियो
बल्ल नाटक सुरु भयो कि ?
यस्तै यस्तै देखियो ।

गन्थन

एक नजर के हेरेथें उसलाई, यो मुटु बदनाम भो
आफन्तले भोज खोजेको रैछ, बिहे पो फिक्स भो

तातो गोली थाप्छौ कि छातीमा
या चिसो छुरी ढाडमा
मृगनयनीको अर्थ निकाल्छु म

मेरो हेरेकि लभ अनि बोलेकि ट्रेजिटी

मेरो हेरे कि लभ, अनि बोले कि ट्रेजिटी
मेरो कस्तो भाग्य, अनि कस्तो जिन्दगी
तर अँझै नजरले सिर्फ पातली खोज्छ
अलि-अलि उत्ताउली कुमारी नै रोज्छ ॥

के हुने हो?

छाना माथी घेरौला, प्रधानमन्त्री को बन्छ हेरौला,
छाना माथी फर्सी, संबिधान बन्ने भोलि कि पर्सि,
छाना माथी अदुवा, नेताहरु सबै पदुवा,
छाना माथी लौका, देश डुबाउने सुबर्ण मौका,

देउसी गीत

भन भन साथी हो – देउसी रे
बेस्सारी भन – देउसी रे

खल्टा खुल्टी बाटो –
हिलो र माटो – देउसी रे

दुइचार बल्ड्याङ – खाएका हामी
जाम परी – आएका हामी
महङ्गीमा सास्ती – पाएका हामी
लोड्सेडिङ्मा टुकी – ल्याएका हामी
महङ्गीले जनता सलाल
लोड्सेडिङ्मा नेपाल झलाल ।

खोई त तिमी आईनौ ।

तिम्रो पो धेरै छ
जताततै छ
रोपेकै छैन, उम्रेको छ
चाहिने भन्दा बढि छ
काटेको छ
आ’को छ
हाम्रो त भा’को नि गा’को छ
कल्कत्ते कांइयो त मेरो पनि छ
तर केश भये पो बाङो हुन्छ?

तिम्रो त झपक्कै अनिल कपुर
मेरो चै पुरै अनुपम खेर

के गर्नु?
मेरो बारी उजाड छ
रामरी स्याहेरे कै छु
मल हालेको नै छु
टाइम टाइम मा गोडमेल गरेकै छु
दिन दिनै पानी हालेकै छु
येनामा हेरेको हेरै छु
टिलिक्क टल्कन्छ त सिर्फ मेरो तालु!
मिहेनत गरेको भये बारीमा
अहिले सम्म
फलिसक्थ्यो दुई धार्नी आलु!

हाम्रो टाउकोमा त आजकल
जुम्राहरु्ले यो के भयो
वन फँडानी किन भयो
घामले पोल्यो
हावाहुरि बड्यो

मन्त्रीको भेटमा

एकाबिहानै
मन्त्रीको भेटमा
गएको थिएँ गेटमा
पुग्दा देखें
भित्र छिर्न
मनिसहरुको लस्कर छ
कोही तस्कर छ
कोही अबसर छ
कोही हर्ता-कर्ता
कोही कार्यकर्ता ।

भुते गुरु

  • by

बासमती र मनसुली जस्तै
प्रजातन्त्रे धान रोपियो
तर फुल्न-फल्न नपाई
सबै घाँस पातले छोपियो
बिकासे धान भनी फेरि
लोकतन्त्रे धान रोपियो
फल्नै नपाई यो पनि
चरा चुरुङ्गीले खोपियो।

यसपाली फेरि
गनतन्त्रे धान रोप्नलाई
लुते भए पनि
भुते गोरु ल्याइयो
हिलो माटो नभनी
हात गोडा ख्याइयो
रात दिन खटेर
कुलोनाला धाइयो।

सत्ता (झटारो)

दशै आयो
तिहार आयो
फेरि चल्छ जुवाको खाल
कोही हुने जोगी
कोही हुन्छ मालामाल
त्यसैले सबैको एउटै दाउ
सत्तै हान्ने चाल ।

चौकाले मौका हेर्छ
छक्काले छक्काउछ
पन्जाले पछार्छ
अट्ठाले अड्काउछ
तर सत्ता मालामाल
त्यसैले सबै एउटै दाउ
सत्तै रोज्ने चाल ।

यसपालीको तीजमा

  • by

यसपालीको तीजमा
कविहरूले
लेखकहरूले
शब्दको सिस्नु पानी लगाएर
नाक कान घाटीमा मात्र हैन
गिदीहरूमा घोचे
कलाकारहरूले
आन्द्रै उल्टिनी गरी
प्रहसनहरू कोचे
तर पनि
नेताको घैटोमा घाम लागेन
कम्प्युटरमा जस्तो
भ्रष्टाचारमा भाईरस, जाम लागेन।

यो शहरले के गर्न आँट्यो गाँठे

कतै जबरजस्ती दाइँको धन लुटदै
कतै बहिनीको अस्मिता पनि लुटदै
दिउँसै शहरले आँट्नुसम्म आँट्यो गाँठे
कहिले बिदेश उडाइदिन्छु भन्दै
कहिले जागिर जुटाइदिन्छु भन्दै
दिउँसै शहरले ढाट्नुसम्म ढाँट्यो गाँठे।

कहिले रानीपोखरी बसालेर दिनभर
कहिले रत्नपार्कमा बिताएर दोपहर
गफ शहरले छाँट्नुसम्म छाँट्यो गाँठे
साहिंलीलाई पशुपति डाँडामा
कान्छीलाई ल्याई मोटर भाडामा
माया शहरले साँट्नुसम्म साँट्यो गाँठे।

आफू त अब (झटारो )

  • by

हलो जोत्दा जोत्दै
फोन आयो पार्टीको
आफू त अब
काठमाण्डौं गइन्छ
मन्त्री नि भइन्छ
नूनदेखि सुनसम्म
रेलदेखि तेलसम्म
फलदेखि मलसम्म
बेस्सरी बढाइन्छ
कमिसन नि पाइन्छ
आउने दशैमा
पजेरोमा आइन्छ।