तिम्रो पो धेरै छ
जताततै छ
रोपेकै छैन, उम्रेको छ
चाहिने भन्दा बढि छ
काटेको छ
आ’को छ
हाम्रो त भा’को नि गा’को छ
कल्कत्ते कांइयो त मेरो पनि छ
तर केश भये पो बाङो हुन्छ?
तिम्रो त झपक्कै अनिल कपुर
मेरो चै पुरै अनुपम खेर
के गर्नु?
मेरो बारी उजाड छ
रामरी स्याहेरे कै छु
मल हालेको नै छु
टाइम टाइम मा गोडमेल गरेकै छु
दिन दिनै पानी हालेकै छु
येनामा हेरेको हेरै छु
टिलिक्क टल्कन्छ त सिर्फ मेरो तालु!
मिहेनत गरेको भये बारीमा
अहिले सम्म
फलिसक्थ्यो दुई धार्नी आलु!
हाम्रो टाउकोमा त आजकल
जुम्राहरु्ले यो के भयो
वन फँडानी किन भयो
घामले पोल्यो
हावाहुरि बड्यो
तालुमा चिप्लियो, पछारियो
के भा’को? किन भा’को?
ग्लोबल वार्मिंगले हो कि भन्दैछन ।
यो कलिलो उमेरमा
रोमान्टिक हुने कोशिस गर्दैछु
गार्हो छ
लभ लेटर लेख्दै छु
सकेको छैन
कुनै दिन दिउला भनेर सोच्दै छु
डर लाग्छ
नभये ढुङ्गामा पोको पारेर
झ्यालबाट फ्या्क्ने प्लान बनाउदै छु ।
तर हिजोको त्यो दिन म कसरि बिर्सु?
हाम्रो छिमेकि कि छोरी जेठी
म घरबाट निक्लने बित्तिकै
लामो बाल बनाउदै
झ्यालबाट आयेर ..
बोलाइन मलाइ “ओ सेठ्ठि!”
मैले मेरो लभ लेटरमा पोको पारेको
त्यो ढुङ्गा झिकेर झ्यालबाट हानिदिये, लौजा!!
लभ लेटर त अझै खल्ति मै छ ।
के गर्नु?
के को रोमान्स गर्नु?
जब टाउकोमा टुडिखेल छ
अब यउटा प्लेन ल्यान्ड गर्न मात्र बाकी छ।
मेरा कपाल कोर्ने सपनाहरु
मेरा कपाल सिधा पार्ने रहरहरु
कपाल, तिम्रो स्पर्ष गर्न नपाएर
अब तिम्रो चाहनामा
तोडफोड, हड्ताल, जुलुस र
नेपाल बन्द गर्न मात्र बाकि छ ।
बाटाका सेता हिउँहरु पग्लिए झैँ
मेरो टाउकाको कपाल सबै झरेर गैसके
रुखमा त नया पालुवाहरु लागिसके
तर मेरा तालुमा कत्ती साबुन चिप्लिसके पनि
खोई कपाल तिमी अझै किन आईनौ ।
खोई कपाल तिमी मेरो तालुमा जरा गाड्ने कहिले?
अब त, कांइयो बेच्ने साहुजीको बीज्नेस् डुबेर गयो
कपाल काट्ने हजामको बीज्नेस् चौपटै भयो
डाबर आमला केश तेलको बिक्री बन्द भयो
श्याम्पु कन्डिस्नर लगाएर नुहौने त झनै सपनै भयो
खोई कपाल तिमी अझै किन आईनौ ।

निकै रमाइलो कविता…
निकै रमाइलो कविता…
धन्यबाद अथिती ज्यु!
धन्यबाद अथिती ज्यु!
haaaaaaaaaa!!!!! really funny
haaaaaaaaaa!!!!! really funny poem bt touches hearts of them who waited someone in their whole life….
cool bt funny…..it seems
cool bt funny…..it seems like the poet had waited someone ….bt get no success