छानेर है तिमीलाई,
तानेर ल्याउन मन लागेको छ !
कत्ति फकाउनु तिमीलाई !
नमान्दा सबैलाई
बिर्सिएर हप्काउन मनलागेकोछ !
तिम्रा बा’ले दिएनन बने
धम्क्याउन मन लागेको छ उनलाई !
भोटे कुकुर छोड़े भने
२ खुट्टे होस वा ४ खुट्टे लत्याउन सक्छु तिनलाई !!
तिम्रा बा’ले किन नबुझेका
अब त पाल्न सक्छु तिमीलाई !
५ माऊ गाई भैसी छन् गोठभरि
तिमी कसो नसकुँला पाल्नलाई !
नसके बोलाउँला नि सालोलाई
ए सम्झाऊ न तिम्रो बाउलाई !
गरीब छु दु:ख गर्छु
सुख सँगै राखुँला नि !!
सम्पत्तिको लागि गुहार्दिन ससुराली !
ए काली उमेर गो त
बसाऊँ है घरबार यसपाली
हुन्छ काली ?????