कमाउन नि कमाएँ बूढा,
मोटाउन नि मोटा’ छु,
समय अनुसार चल्ने पर्यो
कपाल पनि छोटा’ छु!
अल्छी मान्थें तिम्रो सामु,
अहिले यो जीउ घोटा’ छु,
घर पोत्नलाई लाज मान्थे,
अहिले ट्वाइलेट लोटा’ छु!!
भुलिसकें कुर्ता सुरुवाल,
मिनी-स्कर्ट ला’को छु,
नेपालको जस्तो मासु हो र?
चिकेन चिल्ली खा’को छु!
किरिम लाउँछु धेरैं थरी
कति राम्रो सुहाको छु,
त्यति मात्रै कहाँ हो र?
घ्याम्पी पेट भा’ को छु ………….
राजेश रुम्बा लामा “अतृप्त’
(यथार्तालाई आत्मसाथ गर्दै लेख्ने क्रममा कसै कसैलाई नराम्रो लाग्नसक्छ। माफी चाहन्छु )
