Skip to content

हास्यव्यङ्ग्य कविता

गुण्डा बोकी खोज्न आउलान फेरि तिम्रो दाइले

त्यसरी लजाएर नहेर मलाई, नसा लाग्छ तिम्रो हेराइले
फेरि भाउजु नमस्ते भन्ला भोलिदेखि तिमीलाई मेरो भाइले
तिमी मसक्क मसक्क मस्किन्छौ सबले चाल पाइसके
गुण्डा बोकी खोज्न आउलान फेरि तिम्रो दाइले

नकल पार्न सिपालु छ्यौ रे किरिम पाउडर लगाई
त्यस्तो गर्नु राम्रो हैन के के भन्छन पराइले
यस्तै ताल भए भने त अन्तैतिर लाग्दा बेस
भ्याउला जस्तो लागेन मेरो कमाइले

४६(क) खान छोड्नु भा’ को ?

महाशय यता फर्किनुस त ।
तपाईँ त दुब्लाउनु भएछ ।
खोई त त्यो ठुलो भुँडी ?
पक्कै पनि तपाईँले खान छोड्नु भएछ ।

मन्त्रीदेखि सुब्बासम्म
पिउनले नि गन्न छोड्यो रे हजुर
सबैको खल्ती भर्ने तपाईँ
तपाईँ त दुब्लाउनु भएछ ।
साच्चै हो तपाईँले खान छोड्नु भएछ ।

तपाईँको भुँडी त मान्नै पर्थ्यो
खुबसँग कवाफले भर्नुपर्थ्यो ।
लौन हजुर भन्नुस त
साच्चै तपाईँले खान छोड्नु भा’को ?

सुहाएकै थियो हजुर दौराको भेष
बिचरा!
सुकेछ अनुहार अनी पाकेछ केश ।
होईन हजुर खानु पर्छ ।
बोसोले हाड छोडे, करङ्ग रहन्छ शेष ।

हे भगवान तिम्रो रिसले पनि मेरो ज्यान लाने भो

हे भगवान
तिम्रो रिसले पनि मेरो ज्यान लाने भो

किन रिसाएको हुन्छौ तिमी … थाहा पनि हुन्न
अनि आफै भन्छौ … केही चहान्न सुन्न
मलाई सधै दिक्क बनाइ रहन्छौ
अझ केही बोल्न नि हुन्न

हे भगवान…… तिम्रो रिस ले पनि मेरो ज्यान लाने भो

हे भगवान
तिम्रो रिस ले पनि मेरो ज्यान लाने भो
बिना कारण रिसाउने तिम्रो बानी कहिले जाने हो ?

किन रिसाउछेउ थाहा पनि हुन्न
अनि आफै भन्छौ केहि चाहन्न सुन्न

कच् कच् कच् कच् कराई रहन्छौ
मलाई दिक्क बनाइ रहन्छौ
तैपनि म सहेर नै बसेको छु
कहिले यो भन्छौ कहिले त्यो भन्छौ
मेरो सत्तो घरि घरि खाइ रहन्छौ
तै पनि मा सहेर बसेकै छु

केहि भनु ….. छोडेर जान्छु भन्छौ
गाली गरु ……….रोई हल्छौ

मेरी प्यारी PRINTER तिमी कहाँ गयौ ?

मेरी प्यारी PRINTER तिमी कहाँ गयौ ?
म फ्याट्ट ENTER PRESS गर्छु
तिमी मेरा मनका भावनाहरू सरर पोख्छौ ।

तिमी कहाँ गयौ ?
तिमी रिसाउँछौ अनि PRINT दिन्नौ
म आएर तिमीलाई प्याट्ट हिर्काउँछु,
अनि बल्ल मान्छ्यौ ।

म ढाडे बिरालो भएँ

यौवनको रसले भरिनै लाग्दा
वाध्यताको पूल तर्दै
अरबतिर पाइला सोझ्याउँदै गर्दा
चरी लौरी टेकी राइफैले काका
भन्दै हुनुहुन्थ्यो:- “ओइ भतिज
तँ अरब लागिस?
लु जेल र अरब गाका
छोरा मान्छेहरु
बोका हुन्छन बा !
तँ बिग्रिस…”
म मुसुक्क मुस्कुराउदै
लागे आफ्नो गन्तब्य
पिल पिले ताराको उदयदेखि
पुर्बी लाली किरणको अस्तसम्म
भूमिगत ज्वालामुखीको
राप राप्न
गन्तव्यमा पाइला टेक्दा
अदृश्य शिवरात्रीका धुनी
जगाउदै थियो अदृश्य
पुजारीहरू,
म रातो-तातो गाला पार्दै
बीर, बहादुरको सन्तान

भट्टीतेल आफ्नै लिभरफ्राईमा

चुरोट, बियर यो
जन संख्या कन्ट्रोलर हो
देशको आय स्रोत हो…

र, सायद – त्यसैले…
आज, कविता फुर्दैछ भट्टितेलमा –
अलिकति नुन चाट्दै,
आफ्नै लिभरफ्राईमा…

BhanuBhaktaAcharya

एकदिन भानुभक्त

  • by

एक दिन सुटुक्क
भानुभक्त कान्तिपुरी आए
हरियाली ती फाँटहरूमा
महलहरू पाए ।

खोज्दै अल्कापुरी
कयौ चक्कर लाए
घरै घरको जङ्गलमा
खानु ठक्कर खाए ।

होसियार !

  • by

यसपाली पनि लेखिएन भने
सम्बी-धान जर्तमा जाला
यस्तै रहिरहे देश
नउस्कने त्यो गर्तमा जाला

फिर्न लागेको शान्ति चैन
फकेर त्यही कर्दमा जाला
बिगतमा भोगियो पीडाहरू
भावी पुस्ता उही दर्दमा जाला

मेलम्चीको पानी

  • by

नेपालमा मात्रै पाइने अचम्मको पानी
अमृत हो कि जीवनजल हो मेलम्चीको पानी

राजधानी बासी हेर्छन् आँखा तानी तानी
कहिले आउला मेलम्चीको शुद्ध पिउने पानी

मन्दिरमा माइकल

बिचार गर्दा देशको प्रगतिको,
हिजो आज नेपालमा करोडपति छन कत्ति
हिजो अस्ती साइकल चड्ने माइकल आजकाल चड्छ ठुलो हात्ती
हात्ती चड्ने माइकलको ‘होता है’ धेरै साथी ।

ध्वस्त

  • by

ध्वस्त नै हो मेरो नाम
ध्वस्त नै हो मेरो काम

मलाई ध्वस्त नै मन पर्छ
ध्वस्तैमा मन अड्छ ।

शान्तिलाई पड्काउदै
कान्तिलाई लड्काउदै
सहमतिलाई अडकाउदै

अचेल

गाउँ घरकी भाउजूहरू
मलाई “Handsome” भन्दै
तानी तानी म्वाई खान्छन्,
भागौ त “हाई-लिंग” सोंचछन् भन्ने डर छ
नभागौ त “बीरे, बले, भीमे” दाइको डर छ