Skip to content

अनूदित कथा

पुनर्जीवन (अनूदित लघुकथा)

“तपाईँ जस्तो गज्जबको मान्छे मैले कोही भेटेकी छुइन ।” केटीले भनी । “तपाईँको कथा सुनौँ न ।”

होचो, खाइलाग्दो एशीयाली मूलको बाघजुङ्गे मानिसले भन्यो, “पुरै कथा भन्न त एक युग लाग्छ ।” ऊ झ्याल बाहिरको पहेँलो र रातो सूर्यलाई एकतमासले हेरीरह्यो । यसरी दुवै रङ्गको सूर्यलाई हेर्न ऊ अझै अभ्यस्त थिएन । वास्तवमा त्यो भन्दा महत्त्वपुर्ण अन्य प्रशस्त कुराहरू थिए जसमा ऊ अभ्यस्त हुनै थियो ।

‘स्व’को खोजी (अनूदित लघुकथा)

एकदिनको कुरो हो, म यसै एक पागलखानाको बगैँचामा टहलिरहेको थिएँ कि एकजना मानिस दर्शनशास्त्रको किताब पढिरहेको अवस्थामा देखेँ । उसको बानी बेहोरा र सु-स्वस्थ शरीरको कारणले पनि ऊ पागलखानाकै अन्य बन्दीहरू भन्दा भिन्न देखिन्थ्यो ।

म पनि उसको नजिकै बसेँ र उसलाई सोधेँ ।

शत्रु (भावानूदित लघुकथा)

छ वर्षे छोराको निष्प्राण शरीर र श्रीमती को अचेत शरीर किरिलोभको आँखा अगाडि नाच्न थाल्यो । एक मात्र छोरो र त्यसको वियोगको पीडा कसले सहन सक्थ्यो र ? ऊ त एक पुरूष थियो र साथै एक डक्टर पनि, यस्ता कारूणिक पलहरूसँग परिचित थियो । असह्य पीडाको वावजुद सान्त्वनाका स्वरहरू श्रीमतीसँग बाँडनु पर्ने वाध्यता । अचानक कलबेलको आवाजले झस्कँदै ढोका खोल्न पुग्यो ऊ ।

“डक्टर घरमै हुनुहुन्छ ?”

ईश्वरले एउटा ढोका बन्द गरे अर्को खोल्दिन्छन्

  • by

एकनास परेको झरीका कारण मिङयाङ सुधारगृह (मा.वि.) को स्वागतकक्ष पनि ठिहिर्‍याउँदो र निर्जन भएको हुन्छ ।

विस्थापित सम्बन्ध

  • by

हलुका नीलो रङको साडी र त्यो साडीसँग सुहाउँदो ब्लाउज लगाएकी एउटी महिला भरतपुर विमानस्थलको प्रतीक्षालयभित्र प्रवेश गरिन् ।

अविश्वसनीय

ऊ एउटा निकै ठूलो बैंकमा काम गर्दथ्यो । उसको काम थियो, बैंकमा जम्मा गर्न ल्याएका पैसाको हिसाब किताब राख्नु । उसले बैंकमा काम गर्न थालेको पनि धेरै वर्ष बितिसकेको थियो । उसले अवकाश पाउने समय पनि नजिकै आइसकेको थियो ।

LeoTolstoy

ईश्वरले सत्य देख्छन् तर पर्खन्छन्

मान्नुहोस्, तपाईंलाई कुनै अपराधको आरोप लाग्छ जुन तपाईंले गर्नु भएकै छैन, र तपाईंले जन्मकैदको सजाय पाउनु हुन्छ । अझ मान्नुहोस् तपाईंका आफन्तले पक्कै पनि तपाईंलाई दोषी देख्छन् । त्यसबेला तपाईंको हृदय कति तितो होला, घृणाले कति विक्षिप्त बन्ला ? तपाईंले वास्तविक अपराधीलाई भेट्नु भयो भने के गर्नुहुन्छ ?

यो व्लादिमिर शहरको कुरा हो । त्यहाँ ईभान अक्सिनोभ नाम गरेको एक युवा व्यापारीको दुईवटा पसल र एउटा आफ्नै घर थियो । सुन्दर र रसिक अक्सिनोभ गीत गाउन असाध्यै मन पराउँथ्यो । जवान छँदा त ऊ पिउँनमा पनि बानीपरेको थियो र कहिले काहीं धेरै पिएको बेला दङ्गा फसाद समेत गर्थ्यो । तर विहे गरेपछि आक्कल झुक्कल बाहेक उसले पिउँनै छोड्यो ।

MaximGorky

देशद्रोहीकी आमा

प्रस्तुतुकर्ता – के.बि.राई
अनुवादक – ईश्वर राई
साभार, मुक्ता, जनवरी (प्रथम) १९७७

आमाको विषयमा भनेर भन्न सकिदैन र धेरै काल सम्मको व्याख्याले ‘आमा’ को अर्थलाई बुझाई स्पष्ट पार्न सक्दैन ।

कैयौं हप्तादेखि शत्रुहरूका सेनाले आक्रमण गरी शहरको चारै दिशामा घेराउबन्दी लगाएका थिए । विकराल रात्रीमा आगाका लप्काहरू अन्धकारलाई चिर्दै शहरको वरिपरि असंख्य हत्याराहरूका आँखाझैं देखिन्थे । यस्तो भीषणताले शहरलाई चारैतिरबाट डरैडरको खाडलमा हालिदिएका थिए । शहरका बासिन्दाले आफ्ना घरका सिकुवाबाट प्रतिदिन शत्रुहरूको घेरा मजबुत हुँदै गैरहेको देख्दथे । रातको समयमा शत्रुहरू आगाको चारैतिर बसेको छायाँ देखिन्थ्यो । हट्टाकट्टा घोडाको हिनहिनाहट, हतियारको झनझनाहट र विजयले मस्त भएर गएको आवाज सुनिन्थ्यो । शत्रुहरूमा कुनै डर नै थिएन । त्यसैले गफ गर्ने र गाउने स्वर सुनिन्थ्यो ।

शहरवासीहरूको पानी ल्याउने झरनाहरूमा शत्रुहरूले लासहरू बगाइदिएको थिए । सिकुवाका चारैतिरका अंगुरका बगैंचाहरू जलाएर खरानी पारिदिएका थिए । खेतका सबै बालीनाली माडेर सबै उजाड पारिदिएका थिए । अब शहरसम्म पुग्नलाई बाटो सफा थियो । प्रायः दिनै जसो शहरमा शत्रुहरूका तोप, बन्दुक र गोलीका वर्षा हुन्थे ।