Skip to content

अनूदित कथा

बन्द ढोका (अनूदित लघुकथा)

सूर्य क्षितिजबाट निक्लियो, बच्चो झोलुङ्गोबाट। उही स्निग्धता, उही रङ्गरूप, उही मस्ती, उही चमक।

म बार्दलीमा बसिरहेको थिएँ। बच्चोले ढोकाबाट चिहायो। मैले मुस्काउँदै बोलाएँ। ऊ मेरो काखमा आएर बस्यो।

उसको बदमासी शुरू भयो। कहिले कलमतिर हात बढाउँथ्यो, कहिले कागज तिर। मैले काखबाट उतारी दिएँ। ऊ कुर्सीको खुट्टा समातेर उभीइरह्यो। घर गएन। ढोका खुल्लै थियो।

देवी (अनूदित लघुकथा)

रात शीतले भिजीसकेको थियो। म बार्दलीमा उभीइरहेको थिएँ। मेरो सामुन्ने अमीनुद्दौला पार्क निद्रामा मस्त थियो। मात्र एक महिला अडेस लगाउन मिल्ने बेञ्चमा बसीरहेकी थिई। पार्कको बाहिर सडकको छेऊमा एक अन्धो पथिकहरूलाई आशिष दिँदै थियो – अल्लाह तथा रसूलको नाममा … राम अनि भगवानको नाममा – यो अन्धोमाथि उपकार गर्नुहोला।

फटेङ्ग्रो र कमिलो (अनूदित लघुकथा)

एक दिन शिशिरको चिसो याममा एउटा भोको फटेङ्ग्रोले एक कमिलोसँग उसले जम्मा गरेर राखेको खानेकुराको याचना गऱ्यो।

“किन र?” कमिलोले सोध्यो, “पुरै बर्खा भरि गीत गाएर बस्नुको सट्टा अलि-अलि खानेकुराको जोहो गरेको भए हुँदैनथ्यो?”

परिश्रमको फल (अनूदित कथा)

जब म सानो थिएँ मलाई ला फोण्टेनको एक कथा कण्ठस्थ हुने गरी घोक्न लगाइन्थ्यो र त्यस कथाले दिने उपदेश राम्रोसँग बुझाइन्थ्यो। ती कथाहरूमध्ये एक थियो कमिला र फटेङ्ग्राको कथा जसको उपदेश यो हुन्थ्यो कि यो संसारमा परिश्रम पुरस्कृत हुन्छ र अल्छेपनले सजाय भोग्नुपर्छ। यो प्रशंसनीय कथामा (म माफी चाहन्छु कि म त्यही कुरा दोहोऱ्याउँदै छु जुन सबैले सम्मानपुर्वक, तर गलत तरिकाले बुझ्नुभएको छ) कमिला पुरा ग्रीष्म कठीन परीश्रम गर्दै हिउँदको लागि खानेकुरा जम्मा गर्दै बिताउँछ, जब कि फटेङ्ग्रो घाँसको त्यान्द्रोमा घाम तापेर गीत गाउँदै बिताउँछ। हिउँद आउँछ र कमिला आफूले जम्मा गरेको खानेकुरा खर्चँदै आरामसाथ जीवन यापन गरिरहेको हुन्छ, तर फटेङ्ग्रो भोको पेट लिएर कमिलासँग खानेकुराको याचना गर्छ। अनि त्यति बेला कमिला त्यहि पुरानो जवाफ दिन्छ –

रातो मैनबत्ति (अनूदित लघुकथा)

मृत्युशय्यामा पल्टेको उसले उसकी श्रीमतिलाई नजिक बोलायो र भन्योः
“म तिमीलाई सँधैको लागि छोडेर जाँदैछु; त्यसैले तिमी मेरो लागि आफ्नो सतित्व र प्रेमको एक अन्तिम प्रमाण देऊ, किनकि हाम्रो पवित्र धर्म अनुसार एक विवाहित पुरूषको मृतात्मा स्वर्गमा प्रवेश गर्नु अघि यो वाचा गर्नु पर्छ कि उसले आफ्नो जीवन भर कुनै पतीत नारीसँग साँठगाँठ गरेन।

एक घण्टाको कथा (अनूदित लघुकथा)

मूटूरोगी भएकै कारण मिसेज मलार्डलाई श्रीमानको मृत्युको खबर सावधानीपूर्वक सुनाइएको थियो।

बहिनी जोसेफिनले उसलाई शब्द-शब्दको आवरणमा केही सूचना गरेकी थिई। उसको श्रीमानको साथीले मृतकहरूको सूचीमा ब्रेन्ट्ली मलार्डको नाम पढेको र टेलिग्राम आएपछि मात्र मिसेज मलार्डलाई समाचार सुनाउने जिम्मा उसकै बहिनीलाई सुम्पिएको थियो।

खोजी (अनूदित लघुकथा)

एक हजार वर्ष पहिले दुई दार्शनिकहरू लेबनानको एक पर्वतमा भेट भएछन, अनि एक दार्शनिकले अर्कोलाई सोध्यो – “कहाँ जाँदै हुनुहुन्छ।”

अनि अर्को दार्शनिकले उत्तर दियो – “म यौवनको झरनाको खोजीमा हिँडीरहेछु जुन मलाइ थाहा छ यीनै पर्वत, पखेरोहरूमा कतै हुनु पर्छ। मैले पढेको छु कि त्यो झरना सूर्यको दिशातिर बगिरहेको हुनेछ। अनि तपाईँ के खोज्दै हुनुहुन्छ?”

ढोका (अनूदित लघुकथा)

“धेरै धेरै पहिला दक्षिणको एउटा पुरानो बजार – एउटा इनार सहितको सानो कम्पाउण्ड – उक्त कम्पाउण्डमा यस्तै आठ या नौ सामान्य परिवार बस्ने गर्दथे। पुरानो शैलीको उस्तै उस्तै घरहरू, धेरै वर्षदेखि घरको बाहिरी बनावट पनि उस्तै उस्तै, सिवाय भर्खरै घरमा भित्रिएका नयाँ उपकरणहरू बाहेक सबै उस्तै उस्तै।

ती आठ या नौ परिवार मध्ये दुइजना एक्ला एक्लै बस्थेः एक अधबैँशे कुमार झेङ रूओकुइ र अधबैँशे अबिबाहिता प्यान जियर।

झेङ प्यानको घरसँगै जोडिएको घरमा बस्ने गर्थ्यो।

“शुभप्रभात,” उ सँधै अभिबादन गर्थ्यो।

“जाँदै हुनुहुन्छ?” उनी सँधै प्रत्युत्तर दिन्थिन, र आफ्नै गतिमा एकछिन नअडीकन हिँडने गर्थिन।

सेतो रत्न (अनूदित लघुकथा)

“सेतो रत्न? मलाई थाहा छ रत्नहरू रातो, हरियो, र निलो हुन्छन … हो अनि कालो पनि हुन्छन, तर सेतो रत्नको बारेमा कहिल्यै सुनेको छैन। ठट्टा त होइन?”

एक्स मेरो अवरोधबाट रिसाएझैँ गरी एकछिन रोकियो – “सायद तिमीलाई मेरो कथा मन परेन। ठीकै छ म भन्दिन।“

शंकालु जो थिएँ म उसको कथाप्रति, अब त अझ उत्सुक भएँ, अँ, साँच्चै रोमाञ्चित पनि। कस्तो कथा होला त्यो, साँच्चै, त्यो एक्सको सेतो रत्नको कथा? कसरी अन्त्य हुन्छ होला त्यो कथा?

एउटा चुरोट एक्स भएतिर बढाएँ र अनुरोध गरेँ – “ल, ल कथा भन। म अति उत्सुक छु।”

उचाइ (अनूदित लघुकथा)

चार कविहरू एउटा टेबलमा राखिएको सोमरसको वरिपरि उभीइरहेका थिए।

पहिलो कविले भन्यो – “मेरो तेश्रो आँखाबाट मैले देखिरहेछु यस मदिराको मधुर बासना यहाँ वरपर यसरी घुमिरहेछ मानौँ चराको एक हुल कुनै तिलस्मी जङ्गलमाथि बादलसरी विचरण गरिरहेछ।”

क्षितिज पारी (अनूदित कथा)

डाक्टरको कलम चार्टमा केही लेख्दैगर्दा रोकियो, “त्यसो भए यो तपाईँको तेश्रो दाँतको सेट हो होइन?”

बिरामीले स्विकृतीमा टाउको हल्लायो, “हो डाक्टरसाब। तर यसपाली त धेरै ढिलो आयो नि त?”

डाक्टरले कौतुहलतापुर्वक सोधे, “त्यसैले तपाईँ बुस्टरडोज लिन चाहनुहुन्छ, होइन?”

“हैन, हैन!” उसले आफ्नो हत्केला डेस्कमा राख्दै भन्यो, “पोहोर एउटा दुर्घटनामा मेरो बुढीऔँला काटीयो। त्यो फेरी पलाउन छ महिना लाग्यो।”

निराशा (अनूदित लघुकथा)

चुक घोप्ट्याए जस्तो अन्धकार छ, र ढोकाको चुकुलको परिचित आवाज कुर्लुङ्ग मात्र सुनिन्छ। म प्रतिक्रियाको आशामा सकेसम्म जोडले चिच्याउँछु तर कुनै उत्तर आउँदैन।

“म यहाँ कसरी आएँ?” मनमनै सुस्केरा हाल्छु र तुरुन्तै सम्झन्छु म यस कोठामा केही चीजबाट बच्न भाग्दा भाग्दै आइ पुगेको थिएँ।

“त्यसो भए म यहाँ आफैँ थुनिन आइ पुगेँ?” म आफैँलाई सोध्छु। कोठा साँघुरो छ, खुट्टा तन्काएर ढोका फोर्नको लागि पर्याप्त ठाउँ छैन ।

खुशी (अनूदित लघुकथा)

मध्यरात तिर मिटीया (डिमित्री) कुल्दारोफ हतार-हतार आफ्नो बुबा-आमा बस्ने घरभित्र एकाएक पसेर सबै कोठा चाहाऱ्यो। बुबा-आमा आराम गर्न गइसक्नुभएको थियो र उसकी बहिनी उपन्यासको अन्तिम पेज पल्टाउँदै थिइन। स्कुले भाइहरू सुतिसकेका थिए।

“यति हतारमा किन?” अचम्भित बुबा-आमाले सोध्नुभयो। “के भयो?”

“त्यो नसोध्नुस! यस्तो कहिल्यै सोचेको थिइन! अहँ कहिल्यै पनि,–अति अविश्वसनीय कुरा!”

मिटीया अट्टहास लगाउँदै कुर्सीमा पसारीयो, खुशीले उसको भुइँमा खुट्टा थिएन।

अन्तिम पात (अनूदित कथा)

वासिङ्टन स्क्वेरको पश्चिम पट्टी अनौठा गल्लीतथा कुनाहरूसँगै गुजमुल्टीएका ती ठाउँहरूलाई केही चित्रकारहरूले आफ्नो कर्मथलो बनाए । उक्त कर्मथलोको कुनै एक तीन तल्ले घरमा स्यु र जोहाना उर्फ जोन्सीले आफ्नो चित्रशाला बनाएका थिए । मेइन र क्यालिफोर्नियाका यी जोडीको संयुक्त अभिरूचीले यिनीहरूलाई एक संयुक्त चित्रशाला तिर उद्धत गराएको थियो ।

मे महिनाको चिसो सिरेटोसँगै एक अपरिचित न्युमोनियाले यी चित्रकारहरूको कर्मथलोमा यत्र–तत्र चीसो स्पर्शसँगै दर्जनौँ शिकारलाइ आफ्नो चङ्गुलमा फसाउँदै निर्भिकरूपमा पाइला अगाडि बढाउँदै हिँड्यो । चिसोको प्रभावसँगै मीस्टर न्युमोनियाको प्रभाव अझ बढ्दै गयो ।

सजाय (अनूदित लघुकथा)

मैले त्यस्तो कुनै अपराध गरेको थिइन, ता पनि म पल्टिरहेछु यहाँ आफ्नै छायाँलाई एकोहोरो हेर्दै, खुट्टा हल्लाउँदै, भित्तामा भएका अदृश्य हमलावरहरूलाई लात्तीले हानेको अभिनय गर्दै । कसै न कसैले मेरो क्रोधको सामना गर्नै पर्छ, चाहे त्यो काल्पनिक शिकार किन नहोस । कम से कम ऊ प्रतिरक्षामा मसँग भिड्न त सक्दैन; यतिबेला मैले लिने सन्तोष भनेकै त्यही हो ।

अभिमान (अनूदित लघुकथा)

एकपटक यस्तो घटना घट्यो कि बिब्लसका राजा नुफ्सीबलको राज्याभिषेक पछि उनी आफ्नो शयनकक्षमा गए – त्यो त्यहि कक्ष थियो जुन पर्वत बासी तीन चमत्कारी सन्तहरूले उनको लागि बनाएका थिए । उनले आफ्नो श्रीपेच र राजसी पोशाक उतारे र कक्षको मध्यभागमा सोच्दै खडा भए, सर्वशक्तिमान वर्तमान बिब्लसका महान सम्राट ।

एकाएक उनी पछाडि फर्के र उनले देखे कि उनकी आमाले दिएको चाँदीको ऐनाबाट एउटा दिगम्बर मानिस बाहिर निक्लेर आयो ।

आनन्दको अनुभुति (अनूदित लघुकथा)

मेरो युवावस्थामा एकपटक एउटा सन्तसँग सानो डाँडा पछाडि भएको उनको शान्त बगैँचामा भेटेर सद्गुणका प्रकृतिको बारेमा कुरा गर्दैथिएँ कि त्यसैबेला एउटा लुटेरा थकित मुद्रामा खोच्याउँदै डाँडा काटेर आइपुग्यो । बगैँचामा आउनासाथ सन्तको अगाडि घुँडा टेकेर भन्न थाल्यो, “महाराज, म आराम चाहन्छु ! मेरा अपराध मलाई भारी भयो ।”

भगवान (अनूदित लघुकथा)

धेरै समय अगाडिको कुरो हो, जब म भर्खरै बोल्नसक्ने भएको थिएँ, म पवित्र पर्वत उक्लेँ र भगवानसँग भनेँ, “हे मालिक, म त हजुरको दास हुँ, हजुरको इच्छा मेरालागि कानून हो र म त्यसको पालना हरदम गर्नेछु ।”

तर भगवान कुनै उत्तर नै नदिई तीब्र आँधी सरह हुँइकिनु भयो ।

युद्ध र साना देशहरू (अनूदित लघुकथा)

एक पटक एउटा भेँडा र उसको सानो पाठो कुनै एक घाँसे मैदानमा चरिरहेका थिए, उक्त मैदानको माथि एउटा भोको चील घुम्दै त्यो सानो पाठोलाई हेरिरहेको थियो । जब त्यो भोको चील त्यो सानो पाठोलाई झम्टन खोज्दै थियो कि त्यत्तिकैमा त्यहाँ अर्को एउटा चील देखा पऱ्यो र त्यस्तै भोकाएको नजरले त्यो पाठोलाई हेर्न थाल्यो । त्यसपछि ती दुई प्रतिद्वन्दी डरलाग्दो आवाजले पुरै आकाश घन्काउँदै एक-अर्कासँग जुध्न थाले ।

सहयोगी रोबोटहरू (अनूदित लघुकथा)

“हाम्रा मानिसहरू आज हामीलाई भेट्न आउँछन,” रोबोटले भन्यो ।

“चुप लाग!” रोड रान्किन झोक्कियो । कुर्सी फनक्क घुमाएर उठ्दै बरण्डातिर गयो र एकोहोरिँदै कतै हेरिरह्यो ।

“हाम्रा मानिसहरू–” दश फिट अग्लो, बेलनाकार रोबोट मशीनी आवाजमा बोल्दै थियो जब रोड रान्किनले उसलाई रोक्यो ।