विजय थापा
अमेरिकामा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकामा ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो |
गत अगस्त ४ तारिख शनिबार २०१८ मेरिल्याण्ड राज्यमा बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसँग चर्चित पत्रकार प्रेम बानियाले उनको ‘महको म’ विषयमा अन्तरक्रिया गरेका थिए ।
न्यू-योर्कमा कविता वाचन तथा अन्त्यहीन इच्छाको लोर्कापण
शनिवार, फेब्रुअरी २४, २०१८का दिन न्यू-योर्कस्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासंग्रहको लोर्कापण कार्यक्रम तथा कविता बाचन कार्यक्रमको आयोजना गरेको थियो ।
साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा
अमेरिकाको न्यू योर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रीय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा आएको छ ।
हालसालै प्रकाशित उक्त पुस्तक अमेरिकामा उनले प्राप्त गरिसकेकी छिन् । उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो । साझा प्रकाशनद्वारा प्रकशित उक्त पुस्तक कथाहरुको संग्रह हो ।
अमेरिकामा मालती मङ्गलेका नायक प्राज्ञ हरिबहादुर थापा सम्मानित
अमेरिकाको कोलोराडोमा गत डिसेम्बर २३ तारिख, २०१७मा मालती मंगलेका नायक तथा वरिष्ट वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ । अमेरिका पुगेको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मी, अभिनेता, निर्देशक, तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो ।

अमेरिकामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलीसभा
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ l नेपाली साहित्यका वरिष्ठ साधक स्व. कविताराम श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जली सभाको आयोजना गर्यो । सर्वप्रथम दिवँगत श्रेष्ठको तस्वीरमा पुष्पार्पण गरेपछि एक मिनेट मौन धारण गरिएको थियो ।

साहित्यकार गोविन्द गिरी प्रेरणाको चालीस वर्षे जोवन
साहित्यकार गोविन्द गिरी प्रेरणाको चालीस वर्षे जोवनभन्दा पाठकवृन्दलाई अपत्यारिलो लाग्ला । उनको उमेरको कुरा गरेको होइन मैले । उनको लेखकीय उमेरको कुरा गरेको हुँ । उनले लेखेको पहिलो प्रकाशित रचना प्रकाशन भएको ठ्याक्कै चालीस वर्ष पुगेको छ । उनी ४० वर्षदेखि नित्य निरन्तर लेखिरहेका छन् । नेपालमा हुँदा मात्र होइन संसारको जुनसुकै कुनामा पुग्दा पनि उनको लेखनले थकाइ मार्दैन ।
ग्रेट फल्स उपन्यास अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित
झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ l धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यवाद दिएका छन् l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा लेखिएका उत्कृष्ट पुस्तकहरुलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा छापा विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ ।
अमेरिकामा मदनकृष्ण श्रेष्ठको “महको म” पुस्तक विमोचित
अमेरिकामा वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनी सम्बन्धी लेखिएको “महको म “पुस्तक विमोचित भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उद्देश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा उक्त पुस्तक विमोचन गरियो ।

तसलिमा नसरिनद्वारा दामोदरको धर्मको ह्याङओभर लोकार्पण
प्रसिद्ध लेखिका तसलिमा नसरिनले बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर को दर्शन बिधाको कृति धर्मको ह्याङओभरु एक भव्य समारोहका वीच लोकार्पण गर्नुभएको छ ।
काठमाडौंको अन्नपूर्ण होटलमा कडा सुरक्षाकाबीच बसेकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखिका तसलिमाले समाजमा रहेका बिकृति बिसंगतिहरुको बिरुद्ध डटेर लेख्न लेखक निर्भिकतापूर्वक लाग्नुपर्ने बताउनु भयो ।
डिसीमा भयवादका अभियन्ता देश सुब्बासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल धरान घर भै हाल लामो समयदेखि हंगकंग बस्नु हुने भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बासँग डीसीमा अन्तरक्रिया कार्यक्रम संपन्न गरिएको छ ।
अमेरिकाको विभिन्न राज्यहरूमा विभिन्न कार्यक्रममा सहभागी हुदै वाशिंगटन डीसी आई पुग्नु भएका सुब्बासँग डीसी महानगर क्षेत्रमा विभिन्न पेसामा समलग्न व्यक्तिहरूको पहलमा उक्त कार्यक्रम भएको हो ।

एटलान्टामा “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” सम्पन्न
अमेरिकाको एटलान्टास्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा अनेसास जोर्जिया च्याप्टरको आयोजना गत जुन ११, २०१६का दिन “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” सफलताका साथ सम्पन्न भयो । उक्त कार्यक्रमको प्रारम्भमा नेपाली राष्ट्रिय गानका संगीतकार स्व. अम्बर गुरुङलाई श्रद्धाञ्जली अर्पण गर्न वहाँको तस्वीरमा माल्यार्पण गरेर एक मिनेट मौन धारण गरिएको थियो ।

डिसीमा प्राज्ञ हरिबहादुर थापा अभिनन्दित
गीति नाटक ‘मालती मंगले’का चर्चित नायक हरिबहादुर थापालाई वाशिंगटन डिसीमा मे १४ तारिख अभिनन्दन गरिएको छ । डिसी महानगर क्षेत्रमा क्रियाशील रहेको गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको पहल तथा अन्य डिसी क्षेत्रका संघ तथा संस्थाको सयुक्त सहयोगमा नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई रंगमंच सम्राट उपाधिले अभिनन्दन गरिएको छ ।





