Skip to content

गोबिन्दसिंह रावत

20140409_GovindaSinghRawat_01

टोरोन्टामा तेस्रो नेपाली टोपी ईभेन्ट सम्पन्न

टोरोन्टो नेपाली साहित्य समाजको आयोजनामा तेस्रो नेपाली टोपी ईभेन्ट गत शनिबार ५ अप्रेलका दिन ब्राहम्टनको नेपालीद्वारा संचालित दालचिनी रेष्टुरेन्टमा सम्पन्न भयो । नेपालीपनको आभास दिन सगरमाथाको प्रतिक नेपाली टोपी अनिवार्य पहिरिएर उपस्थिति जनाउनु पर्ने नेपाली टोपी ईभेन्टमा महिलाहरू साडी पहिरिएर उपस्थित हुँदै आएका छन् ।

व्यक्तित्वको पहिचान बुझेर सम्मान कहिले गर्ने

नेपालबाहिरको नेपाली साहित्यलाई सही पहिचान दिने बेला आइसकेको छ । आज बढी साहित्यको सिर्जना नेपालबाहिर अर्थात आप्रवासमा नै हुँने गर्दछभन्दा अतिशयोक्ती नहोला । त्यसैले यसको सही मूल्याङ्कन भएन भने भोलिका दिनमा नेपालबाहिरको नेपाली साहित्यमाथि नै प्रश्न चिन्ह लाग्न सक्छ । हिजोसम्म हामी संख्याका हिसाबले गद्य र पद्य संग्रह प्रकाशित गरेर साहित्यमा आफ्नो सहभागिता रहेको जनाउ गर्दै आएका थियौ भने अबका दिनमा उच्चस्तरीय मूल्याङ्कन समिति बनाएर भाव, वाद, विचार र साहित्यिक मान्यता भएका रचनाहरूको संग्रह प्रकाशित गरेर नेपाली साहित्यको अध्ययन सामग्रीका रुपमा प्रस्तुत गर्न सक्ने संग्रहहरू प्रकाशित गर्ने बेला आइसकेको छ ।

पुरस्कार र सम्मान त्यस्तो व्यक्तिले पाउनु पर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस्

दण्ड र पुरस्कारका बारेमा सानैदेखि एउटा कुरा पढ्दै सुन्दै आएको थिए । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई डण्ड । पुरस्कारको थालनीको इतिहास खोज्दै गयौं भने हामी ग्रिसको एथेन्ससम्म आईपुग्छौं । राम्रो गर्नेलाई पुरस्कृत गरेर हौंसला बढाउदै सम्मान गर्ने संस्कृति एथेन्सबाटै शुरु भएको थियो । यो परम्परालाई विश्वका सबै राष्ट्रले मान्दै आएको छ । त्यसपछि आउछ साहित्यको पुरस्कार । साहित्यमा नोबेल पुरस्कार १९०१ देखि शुरु भएको थियो भने अमेरिकन लिटरेरी एशोसिएसनले १९२२ देखि बाल साहित्यमा पुरस्कार दिने परम्परा बसाल्यो । मेन बुकर साहित्य पुरस्कार १९६९ देखि दिन थाल्यो नयाँ नयाँ पुरस्कारहरू अस्तित्वमा आउदै गयो ।

टोरोन्टोमा मोदनाथ प्रश्रित तथा कविता पौडेल अभिनन्दित

टोरोन्टो साहित्य समाज र एनआरएन क्यानाडाको संयुक्त आयोजनामा गत आईतबार १६ फरवरीका दिन टोरोन्टोमा एउटा भव्य समारोहका बीच नेपाली साहित्यका महारथी मदन पुरस्कारबाट सुशोभित भूतपूर्व शिक्षा मन्त्री, वरिष्ठ राजनीतिज्ञ, पौराणिक इतिहासका प्रगतिशील व्याख्याता तथा नेपाली संस्कृतिका गहन अनुसन्धानकर्ता डा. मोदनाथ प्रश्रित तथा नेपालमा महिला सशक्तिकरणका एक प्रेरक, साहित्यकार तथा संगीतकर्मी कल्पना पौडेललाई टोरोन्टोवासीका तर्फबाट सम्मान गरिएको थियो ।

तेस्रो अनेसास अन्तर्राष्ट्रिय पुरस्कार वितरण तथा कवि गोष्ठी – देखेको लेखेको

अ.ने.सा.स.को नामबाट ७० वटा शाखा विस्तार गरेर आप्रवासमा नेपाली साहित्यको विकासमा उल्लेखनीय काम गर्दै आएको वास्तविकतालाई कसैले नकार्न सक्दैन । तर वर्तमान अवस्थामा साहित्यलाई बुझेकोभन्दा बुझ्न थालेको र बुझ्ने अवस्थामा रहेकाहरूको भीडमा रुमल्लिरहेको भन्ने समाचारले बिस्तारै जरा गाड्दै गएको छ । पुरानाहरूले निरन्तरता दिदैजानुको साटो छोड्दै जानुले पनि यो कुरा प्रमाणित गर्दै गएको छ । संस्थालाई हिङ बाधेको टालोको रुपमा कहिलेसम्म देखाउने ?

20130715_GovindaSinghRawat_News

३१औं ANA सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब

  • by

३१औं ANA सम्मेलनको दास्रो दिन सधाझै साहित्यमय रह्यो । अमेरिकाका लागि नेपाली राजदूतावासका प्रथक सचिव तथा नियोग प्रमुख श्री अर्जुनकान्त मैनालीको प्रमुख आतिथ्यमा नेपालबाट आउनु भएका प्रसिद्ध कवि तथा संस्कृतविद् तुलसी दिवसको विशिष्ट आतिथ्य र नेपालबाट आउनु भएकी कवियत्री उषा शेरचनको उपस्थितिमा ANA नेपाली साहित्य प्रतिष्ठानले अन्तरराष्ट्रिय कविता महोत्सब २०१३ को आयोजना र प्रतियोगितामा पुरस्कृत कविहरूका कविता वाचनसँगै पुस्तक विमोचनको कार्यक्रम सम्पन्न गर्यो ।

अन्तर्राष्ट्रिय कविता दिवस् अर्थात मार्च २१

  • by

२१ मर्चलाई विश्वभरी नै अन्तर्राष्ट्रिय कविता दिवस्का रुपमा मनाउने पराम्पराको थालनी भएको छ । साहित्यको सबैभन्दा जेठो विधा हो कविता ।

कवितालाई बुझ्नेहरूका लागि यो अमृत हो भने नबुझ्नेहरूका लागि अपूर्ण वाक्यहरूले भरिएको अर्थ खोलाउन नसकेको पंक्तिमात्र मात्र हो । भनिन्छ प्रश्रव पीडाबाट निस्किएको चित्कारमा मातृवासल्यताको कविता सुनिन्छ भने मृत्यु सय्यामा लम्पसार मृत शरीरको अग्निका रापहरूमा जीवनका पीडाहरूका कथाव्यथा समेटिएको कविता सुनिन्छ । यो सुन्ने कर्ण प्रकृतिले कविलाई मात्र दिएको हुन्छ । त्यसैले भनिन्छ जहाँ रवि पुग्न सक्दैन त्यहाँ कवि पुग्ने गर्दछ ।

तेस्रो टोरोन्टो नेपाली चलचित्र महोत्सव सम्पन्न

  • by

२०१० देखि टोरोन्टोमा अध्ययनरत् नेपाली विद्यार्थीहरूको प्रयासबाट शुरुभएको टोरोन्टो नेपाली चलचित्र महोत्सव (TNFF)ले आफ्नो तेस्रो महोत्सवलाई दुई दिनसम्म दसवटा कथानक तथा डकुमेन्ट्री चलचित्रहरूको प्रदर्शन गराएर मनायो ।

महिला दिवसका दिन गत ८ मार्चमा क्यानाडाका लागि महामहिम राजदूत डा. भोजराज घिमिरेको समुपस्थितिमा शुभारम्भ भएको महोत्सवमा सुजाता थापाले स्वागत मनतव्यबाट सम्पूर्ण प्रायोजकहरू, स्वयम्सेवक तथा उपस्थित दर्शकलाई स्वागत तथा कृतज्ञता प्रदान गर्नु भएको थियो भने चलचित्र निर्णायक मण्डलीका तर्फबाट प्रदर्शन गरिने चलचित्रका बारेमा मञ्जुश्री थापाले जानकारी गराउनु भएको थियो ।

पाठ्यक्रममा साहित्यिक कृति र नेपालबाहिरको नेपाली साहित्य

  • by

नेपालबाहिरको नेपाली साहित्यलाई सही ढंगबाट परिभाषित गर्नु पर्ने र यसको सही मूल्याङ्कन हुनु पर्ने विचारकासाथ दक्षिण एशियाली मुलुकबाहेकका साहित्यकारहरू गृहकार्य गरी रहेको अवस्थामा मधुपर्कले आफ्नो २०६९ जेठ अङ्कमा पाठ्यक्रममा साहित्यिक कृति शीर्षकको अनुसन्धानात्मक लेखप्रति अचानक ध्यान मोडियो । नेपालको प्राथमिक कक्षादेखि स्नातकोत्तर तहसम्म नेपाली विषय अन्तर्गत नेपाली साहित्यमा कलम चलाउने विभिन्न साहित्यकारहरूका रचना/कृतिहरूलाई पाठ्यक्रममा राखिएका छन् ।

पद संस्कार

  • by

पदका लागि जन्मेका हामी
पदकै लागि मरी मेट्ने गर्छौ
इतिहास आफैँ बोल्छ
हाम्ले भाइभारदारहरूलाई पनि मार्यौं
पदकै लागि
पदले हामीलाई लोभ्याउँछ

क्यालगरीले साहित्य गोष्ठी गरी भानु जयन्ती मनायो

  • by

गत जुलाई १४ का दिन क्यानाडाको क्यालगरीमा एन आर एन क्यानाडाको भाषा साहित्य बिभागको आयोजना र नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरी(NCSC) तथा क्याल्गरी नेप्लिज् कम्यूनिटी एसोसिएसन(CNCA) को संयुक्त सहकार्यमा १९९औं भानु जयन्ती एक भव्य साहित्य गोष्ठी गरी मनाइयो ।

नेपालबाहिरको नेपाली साहित्य: प्रवासी, आप्रवासी कि डायस्पोरा?

  • by

ए.एन.ए. को ३० औं सम्मेलनका अवसरमा गत ३० जुन, २०१२ का दिन नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा पहिलो पटक आयोजित “नेपालबाहिरको नेपाली साहित्य प्रवासी कि आप्रवासी” विषयक गोष्ठीको आयोजना प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता र अमेरिकाका लागि नेपाली नियोग प्रमुख श्री अर्जुनकान्त मैनालीको प्रमुख आतिथ्यमा सुसम्मपन्न भयो ।

मल्लकालपूर्वको नेपाली रङ्गमञ्च

  • by

नेपाली नाटकको विकासमा मल्लकाललाई स्वणिर्मकाल पनि भनिन्छ । नेपाली नाटकको जे जति विकास मल्लकालमा भएको थियो त्यसअघि र पछि नेपाली नाटकले विकास गरेको पाइँदैन ।

अमेरिकामा अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न : रामबहादुर तामाङ प्रथम

आज भजिनियाको वेस्टफिल्ड स्थित होतेल मरियटको सभाकक्षमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित दोस्रो अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न भयो।

नुवाकोटका रामबहादुर तामांगको ‘सम्बोधन’ प्रथम, क्यानाडा, मिसिसांगाका भावना पोखरेलको ‘चराहरू’ दोस्रो र पोखराका शरण आँसुको ‘असमय’ तृतीय भएको थिए। यसरी पुरस्कृत हुने कविहरूमध्ये प्रथम हुने रामबहादुर तामांगले एक हजार अमेरिकी डलर सहितको हेमसरिता पाठक भानुभक्त काव्य पुरस्कार, दोस्रो हुने भावना पोखरेले तीन सय डलर सहितको शर्मा मुठभरी मोतीराम काव्य पुरस्कार र तृतीय हुने शरण आँसुले दुई सय डलर सहितको बसुन्धरा गणेश रोका देवकोटा काव्य पुरस्कार र प्रमाण पत्र पाउनुहुनेछ।

अन्तराष्ट्रिय नेपाली कविता महोत्सव २०११ को प्रेस विज्ञक्ति

  • by

आगामी जुलाईको १-३ मा अमेरिकाको वासिङ्टन डि.सी. मा हुन लागिरहेको अन्तराष्ट्रिय नेपाली कविता महोत्सव २०११ का लागि कविता पठाउन हुन विश्वभरिका इच्छुक नेपाली कवि-साहित्यकारहरूमा हार्दिक अनुरोध गर्दछौं ।

पुरस्कार
१. प्रथम – ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद
२. द्धितीय – ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद
३. तृतीय – ‘बसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद

तिमी छौ कहाँ ?

छायाँ बनेर म सँगसँगै
हिड्ने बाँचाहरू
बाध्यताको उज्यालोले
मेटाई दिएपछि
निकटता र समीपता खोज्दै
मनमा आश्रय माँगेर
अन्तकतै डेरा सरिजाने
विवशता उब्जिएपछि
तिमी हरायौ
सोध्नै नपाईकन
तिमी हरायौ

20101031_GovindaSinghRawat

एउटा नाटकले खोतल्यो टोरोन्टोको आतङ्ककारीको कथा

  • by

साहित्य र समाज एक अर्काका पूरक हुन् । त्यसैले साहित्यलाई समाजको दर्पण पनि भनिन्छ । संसारका जुनसुकै भाषामा पनि साहित्य र समाजबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । समाजबिना साहित्यको कल्पना गर्न सकिंदैन र साहित्यबिना पनि समाज अधुरो हुन्छ । समाजमा साहित्यले निकै ठूलो प्रभाव पारेको हुन्छ । साहित्यका कथा, कविता, उपन्यास, निबन्धजस्तै नाटक विधाले समाजमा बेग्लै प्रकारको प्रभाव छोडेको पाइन्छ । नाटक साहित्यका अरु विधाभन्दा बेग्लै स्वरूपको हुन्छ । नाटक एक वर्णनात्मक कला हो, यसमा कथाको वर्णन हुन्छ, घटनाको वर्णन हुन्छ, परिवेशको वर्णन हुन्छ अनि यसमा पात्रको सम्पूर्ण जीवनको वर्णन हुने गर्दछ । नाटकको प्रभाव समाजमा चाडै नै पर्ने भएको हुनाले यसलाई साहित्यको सशक्त माध्यमका रूपमा पनि लिने गरिन्छ । साहित्यका अरुविधा पठनीयमात्र हुन्छन्, हिजोआज तिनलाई पनि मञ्चनीय रूपमा प्रस्तुत गर्न सकिन्छ, तर नाटक पठनीय सँगसँगै मञ्चनीय पनि हुने गर्दछ । त्यसैले नाटकलाई श्रव्य र दृश्य दुवै काव्यका रूपमा लिईन्छ ।

सामाजिक जागरणकालागि होस् वा राजनैतिक विरोधका लागि, नाटकले राजनैतिक विषयवस्तुलाई समातेको हुन्छ । रुसको क्रान्तिसँगै राजनैतिक नाटकले गतिलिन थालेको देखिन्छ । राजनैतिक नाटक दलहरूकालागि जनमानस समक्ष सजिलै पुग्न सक्ने सशक्त माध्यम भएकोले यसलाई दलहरूको सांस्कृतिक हतियार पनि भनिन्छ । विरोधका लागि जनसभामा प्रस्तुत हुने राजनैतिक नाटककले रुसमा राम्रो छाप छोडेपछि यसको प्रभाव युरोप अमेरिकामा पनि पर्न थाल्यो । अनि बिस्तारै बिस्तारै सम्पूर्ण विश्वमा राजनैतिक नाटकको विभिन्न रूपहरू देखापर्न थालेको पाइन्छ । राजनैतिक नाटकले समाजको अतीतका विसंगतिपूर्ण पाटाहरुलाई वर्तमानको खुला र व्यक्ति स्वतन्त्रताबीच भिन्नता देखाएर मानवीय अधिकारबाट बञ्चित समुदायलाई आफ्नो हकका लागि मुठ्ठी कस्न प्रेरित पनि गराउछ । राजनैतिक नाटककै रूपमा सडक नाटकको पनि जन्म भएको मानिन्छ । सडक नाटक भन्नुनै राजनैतिक नाटक हो र सडक नाटकले राजनैतिक विचारलाई मुखारित गरिरहेको हुन्छ ।