Skip to content

मझेरी भलाकुसारी, अंक ११ (सूर्य चेम्जोङ)

SuryaChemjong-03


सूर्यजी, मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, आफ्नो परिचय दिनुस् न ।
धन्यवाद तपाईँलाई । मेरो परिचय भन्दा म एउटा नेपाली साहित्य लेखनमा बामे सर्दै गरेको नव-सर्जक ।

कुन उमेरदेखि र कसरी लेख्न थाल्नुभयो ?
भनिन्छ मानिस एक उमेरमा कवि बन्दछ । जब म पनि प्रेममा फसेँ । साँच्चै भन्दा त्यही उमेरदेखि म पनि साहित्य लेखनमा आकर्षित भएँ र लेख्न शुरु गरेँ ।

तपाईंका मनपर्ने लेखक-लेखिकाहरूको नाम लिनु पर्दा कस्को नाम लिनुहुन्छ ?
मन पर्ने लेखक लेखिकाहरू त धेरै हुनुहुन्छ । अहिलेको चर्चित साहित्यकार झमक कुमारी घिमिरे र यूवा गीतकार क्षवण मुकारुङ मलाई मन पर्ने लेखकहरू हुन् ।

लेखन तपाईंको लागि के हो ?
लेखन एउटा तपस्या हो । जो कोहीले लेख्छु भनेर लेख्न सक्तै यस्को लागि त त्याग र तपस्या र साधनाको आवश्यक पर्दछ ।

तपाईं आफ्ना रचनाहरूमार्फत पाठकहरूलाई कस्तो सन्देश दिन चाहनुहुन्छ ?
साहित्य मनोरञ्जनात्मक साथमा सन्देश मुलक हुनु नितान्त जरुरी छ । बिशेषत म आफ्ना रचना मार्फत क्रान्ति र शान्तिको सन्देश दिन चाहन्छु ।

पाठकहरूसँगको दूरी घटाउन केही त्यस्तो प्रयास गर्नुभएको छ ?
पाठकसँग को दुरी घटाउनको लागि रचनाहरू पठनीय बन्न जरुरी छ संख्यात्मक भन्दा पनि गुणात्मक रचनामा जोड दिएको मैले अचेल ।

तपाईंका अधिकांश रचनाहरू गजल र मुक्तक हुने गर्छन् । यी बिधा नै किन ?
प्राय जसो म गजल गीत मुक्तक र रुवाई नै लेख्ने गर्दछु । तर यसको मतलब यो होईन कि म कथा, कविता लेख्दिन । अहिलेसम्म मैले कथा र कविताहरू प्रकाशित नगरेर तपाईलाई त्यस्तो लागेको हुन सक्छ ।

कस्तो समयमा लेख्ने गर्नुहुन्छ ? अनि कस्ता विषयमा लेख्न रुचाउनुहुन्छ ?
हामी परदेशीहरूलाई लेख्ने समयको एकदमै अभाव हुन्छ । फेरि म त एउटा सेक्युरिटी अफिसर । साँच्चै भन्दा मसँग समय नै हुदैन । तर पनि म ड्युटीमै भएको बेलामा लेख्दछु । कोठामा आएर लेख्ने गरेको छैन ।

बिदेसिनु पर्दा कस्तो लागिरहेछ ?
बडो दुख लाग्छ । रहरले होईन बाध्यताले । खाडीको गर्मीमा फुङ उडेको बालुवामा सपना खोजिरहेका छौँ बडो नमिठो लाग्छ ।

दुबईमा बस्नुहुँदो रहेछ । त्यतातिर साहित्यिक माहौल कस्तो छ ? के-कस्ता कार्यक्रमहरू गर्नुहुन्छ ?
दुबईमा ईन्टरनेट साहित्य निक्कै फस्टाएको छ आजभोलि । हुन त यहाँ साहित्यिक कार्यक्रमहरू पनि भई नै रहन्छन । साँच्चै भन्दा यहाँको प्रवासी साहित्यिक माहौल निक्कै जमेको छ ।

नेपाली साहित्यको हालको स्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ? साहित्यक्षेत्र उचित दिशातर्फ गइरहेको जस्तो लाग्छ?
अहिले नेपाली साहित्यको बिकास भईनै रहेको अवस्था छ । हुन त हामी विश्व साहित्यको क्षेत्रमा पुग्न अँझ समय लाग्छ । अहिलेको स्थिति हेर्दा मेरो बिचारमा यो गति सही र प्रगतिको गतितर्फ लम्किरहेको छ ।

ईन्टर्नेटको उपस्थितिले तपाईंको लेखनमा कत्तिको प्रभाव पारेको छ ?
हामी परदेशमा रहने सर्जकहरूको लागि सबैभन्दा भर पर्दो माध्यम भनेकै ईन्टरनेट हो । किनकि पत्र पत्रिका हाम्रो पहुँच भन्दा बाहिरको कुरा हो ।

आफ्नै लेखनमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एउटा शिकारू हुँ म त भर्खर लेखनमा बामे सर्दे गरेको । त्यसैले मैले निक्कै लामो यात्रा गर्नु पर्ने बेला अहिले नै मैले आफ्नो लेखनमा सत्तुष्ट हुने अवस्था छैन ।

निकट भविष्यको लागि तय गरेको केही त्यस्तो योजना छन् ?
निकट भविष्यमै एउटा गजल संग्रह चौकीदार भाग-१ जो मेरो आत्मकथासँग सम्बन्धित छ यही निकाल्ने सोँचमा छु ।

मझेरी कत्तिको हेर्ने गर्नुहुन्छ ? तपाईंलाई कस्तो लाग्छ ? नियमित पढ्ने गरेको कोही त्यस्तो लेखकहरू छन् ?
म मझेरी को नियमित पाठक हुँ मझेरीमा रचना लेख्नहुने सबै लेखकहरूको रचना उत्तिकै राम्रा भएको पाएको छु ।

मझेरीको लागि अरू प्रभावकारी बनाउन केही सुझाब छन् कि ?
अकबरी सुनलाई कसी लगाउनु आवस्यक हैन, कुमार सर ।

मझेरीका संसारभरिका लेखक-पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
आउनुहोस्, हामी सँगै हातेमालो गरेर नेपाली साहित्यकासलाई विश्व साहित्यको हाराहारीमा पुर्याऔँ । हामीले चाहे के हुँदैन र ? नेपाली साहित्यलाई सधैँ माया गरौँ ।

अन्तमा, केही बताउन चाहनुहुन्छ भने बताइदिनुहोला ।
अन्त्यमा मलाई दुई शब्द राख्न अवसर प्रदान गर्नु हुने कुमार सिंखडा सर, अनि मझेरी परिवारलाई धेरै धेरै धन्यवाद ।

सूर्य चेम्जोङका रचनाहरू

8 thoughts on “मझेरी भलाकुसारी, अंक ११ (सूर्य चेम्जोङ)”

  1. Surya bhai ko kura 100% sahi
    Surya bhai ko kura 100% sahi ho.really hami bidesh ma basne lai sahityama time dina garo cha..malai man paryo yo interview

  2. सुर्य भाईको रचनाहरु प्राय मैले वाचन गरेकी छु
    साहित्यलाई माया गर्नेहरुको जमात बढिरहेको बेलामा यसरी युवा साहित्यकारलाई मझेरीले आफ्नो अन्तर्वार्तामा समेट्नु सकारात्मक पाटोको रुपमा लिएकी छु ।सुर्य भाईको रचनाहरु प्राय मैले वाचन गरेकी छु। कुमार सरले भन्नु भए जस्तै सटिक तर शक्तिशाली प्रहार उहाँको रचनामा म पाउँछु। प्राय जसो मायापिरतीका भावमा उहाँको रचना देख्न पाएका छौं। आख्यानमा पनि यहाँको कलम चलोस भन्ने कामना गर्न चाहन्छु। धन्यवाद मझेरीलाई यो अन्तर्वाताको लागि।

  3. 6ota kura tar prayapta
    Surya g ka bi4ar padne saubhagyakalagi majheri familylai dhanyabad
    ra
    sahityayatrama nirantar lagirahanush bhani surya glai subhskamana 6.
    Dukh pa6iko sukh swadilo hun6 hai surya g.

  4. सूर्यजीलाई मझेरी भलाकुसारीमा
    सूर्यजीलाई मझेरी भलाकुसारीमा सहभागी भइदिनुभएकोमा धन्यवाद छ । वहाँका शब्दहरू सरल हुन्छन् र भावनात्मक रुपमा गहिरो अर्थ बोक्छन् । आशा छ, पाठकवृन्दहरूलाई सूर्यजीको व्यक्तिगत पाटो बुझ्ने मौका मिल्यो ।

  5. Surya g kura pa6i laghukathakarka kura
    Yas bartale ubajaeko

    Pathakiya jigyasha
    ……………………………………..
    Gajalma badi aaeko 6.
    Laghukathama pani naya pustaka sarjakhuru ohirieka 6an.
    Yasai kuralai sambodhan garna….
    Sochne bela aaeko 6 ki.
    Aru tal……….

    Bhaneko ra socheko anusar nahunuko pida bataera sadya 6aina.

    Laghukatha lekhne …………………………………………
    Kumar sir,
    info@majheri.com
    bat nai

    Laghukathako kunoka sanchalak
    narayan tiwarile linu bhaeko homar shresthako barta sarai upayogi lagyo.

    narayan_tiwari1955@hotmail.com

    ma uhasang kura gari laghukathama bishesh kendrit gari majherika lagi
    bhalakusari garne ki ?
    2030 dekhi nai yas bidhama uha kendrit rahanu bhaeko pae.
    Dara ra khara kura
    paene kurama ma chahi dukka 6u.
    Yuwa anubhuti sametda sametdai
    praudh samet aaema
    ramro hola.
    Yatti nai ………..
    Ahile lai manko kura sakiyo. Thanks

  6. भलाकुसारीको अर्को शृंखला –
    भलाकुसारीको अर्को शृंखला – चेमजोंग्जी सितको मिठो सम्बाद , देश बाहिर रहेर देशलाई खोकिलामा लुकाउनु भएको रहेछ/ खुशी लाग्यो- वहाँका अनुभूति र अनुभवहरु पढ्न पाउदा/ चेमजोंग्जीको साहित्यिक समृद्धिको कामना औ यति राम्रो भलाकुसारी प्रस्तुत गरेकोमा मझेरीलाई धेरै धन्यवाद/ शरण आँसु , पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *