चूडा निर्भीक

बाबा सम्बन्धी गजल

पिता हाम्रा आदिपुरुष हुन् मान्नु पर्छ
राम्रोसँग सम्मान दिन पनि जान्नुपर्छ

सबैभन्दा महान आमा हुन् भन्छौ भने
उनैले समेत मानेको व्यक्ति ठान्नुपर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकान्तवासबाट कोरोना गरौं परास्त

मुखौटो लगाई हिँड न मनुवा रोग लाग्ने हुँदैनन् ।
लिई धैर्य ज्यादा घर बसिदिए रोग आई छुँदैनन् ।।
मान्छेहरु जान्नुस् चुलबुल नभै बन्नुपर्छन् सतर्क ।
हाम्ले नजान्दा अतिशय भई लाशको लाग्छ खर्क ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नववर्ष शुभ नै शुभ होस्

अव देश बनोस् अति वेश बनोस् ।
म त वाँच्छु रही यहि देश भनोस् ।।
नमरुन् कलिला महिला नढलुन् ।
सब मानिस यी विधिसाथ चलुन् ।।

घर गोठ सबै भरिपूर्ण हवोस् ।
ढिकुटी पनि त्यो परिपूर्ण रहोस् ।।
हटि भोक र रोगहरु दुर होस् ।
जन साधन दुर्घटना नपरोस् ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहाँ विकासको पर्खिनु

देखिन्छ नेपालका, गराहरु सुन्दर ।
देखेर यी दृष्यले, नपग्लिने को छ र ।।
उच्चा कतै टाकुरा, छुँदैछ आकाशमा ।
देखी हिमाली धरा, रमिन्छ साकारमा ।।

छन् मध्यका भागमा, हराभराका स्थल ।
खोला नदी ताल वा, पहाडका जंगल ।।
ती लालुपाते वुकी, गुराँसले जग्मग ।
ल्यौ भोगटे कागती, लदावदी काफल ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नारी स्वतन्त्रता

शिक्षिका राधिका पल्लोगाऊँको प्रशासकीय अधिकृत, रमेशसँग विवाह भएपछि राधाम्याम कहलाइन् तर श्रीमान कर, भन्सार, मालपोत, आन्तरिक राजश्वजस्ता कमाऊ अड्डामा जागिरे भै शहरमा वंगला, गाडीसहित कुश्त कमाए पछि शिक्षिकाबाट राजीनामा दिएर राधिका गाऊँदेखी शहरका महिला समूह, जमघट, ढिकुटी, जुवातास, सेकुवा, रक्सीसित भोजहरुमा सरिक हुँदै गइन् ; कारण पैसाको खोलो वगाउन सक्ने हैसियत देखिन्थ्यो । यो हैसियत बढेर उनी सरकारी सचिवको अर्धाङ्गिनी, एयरलायन्स तथा हाईड्रोपावरकी हिस्सेदार र उद्योगपतिसम्म बन्न पुगिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गरीबको विरह

यौटा गीत सुनाउँछु तिमी चाहीँ नरुनु ।
विरह व्यथा वताउँछु दुखीचाँही नहुनु ।।

कहाँ पाक्छ भान्छाभित्र माछा मासु भात ।
गरीब हुँ खाने गर्छु ढिँडो गुन्द्रुक साथ ।।
फाँटेको छ लुगा मेरो धुजाधुजा बन्दै ।
हेप्ने गर्छन् सबैजना तँ होस् खाते भन्दै ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ साल लाग्दा

सुस्वागत् यहाँमा नयाँ साल लाग्दा ।
नहोस् दुःख पीडा नयाँ साल लाग्दा ।।

हटुन् दम्भ सारा नयाँ सोच जागोस् ।
भरेँ शव्द भाका नयाँ साल लाग्दा ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शहिद सपना

सत्ता भोग्ने वसिबसि यहाँ दुख्ख दिन्थे जनामा ।
पैसा प्यारो निरिह जनता वोझ ठान्दै कुनामा ।।
आफ्नै भाँडो भरिकन छिटो मोज गर्ने विचारी ।
गर्थे खाली लुटिकन लिने राज्यका श्रोत भारी ।।

वोल्दा कोही बनिनु खल झैं सोच सत्ता लिएका ।
वोल्ने खोजी निशिदिन यहाँ मार्न सक्थे जिएका ।।
पारौं राम्रो मुलुक सब यो सोच राख्दै नराखी ।
लुछ्थे माटो शठहरु मिली कत्ति बाँकी नछाडी ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छ श्रोत चाहिनेजति

यहाँ त हार्छ राज्यले, जितेर व्यक्ति के भयो ।
बनेन राष्ट्र आज यो, बनेर व्यक्ति के भयो ।।
दिएर जिन्दगी मरे, विचार उच्चको थियो ।
शहीदको विचार त्यो, कता गएर मिल्कियो ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहाँ छ जनता हुनुको चरित्र

नेपाल जप्नु मनुवा सव स्वार्थ फाल्नु ।
निर्माण गर्नु गतिलो किन व्यर्थ गाल्नु ।।
माटो असाध्य मलिलो खुब अन्नपात ।
फल्नेछ खानु फलका रुख भिन्न जात ।।

हावा तथा जल सबै अति मुग्ध पार्छन् ।
नेपाल धन्य छ भनी सबले विचार्छन् ।।
डाँडा र पर्वत हुने अनि सम्म फाँट ।
मैदान खेत वन औ जलको छ रास ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अतृप्त ईच्छा

छुँदै चन्द्र टेकौं उताबाट तारा ।
उडौं लाग्नु फेरी उ व्रह्माण्ड सारा ।
पुगौं स्वर्ग कैले र पाताल झर्नै ।
हुनै रैछ ईच्छा म मर्दै नमर्ने ।।

म सारा त सन्सारको मोज पाऊँ ।
मिठा हुन्छ जे जे परीकार खाऊँ।।
मिलोस् पूर्ण सन्तुष्टि पीडा नपाऊँ ।
धरामा हुने चीज आफ्नै बनाऊँ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुबाको सम्झनामा

पितामा छ सम्मान मेरो असाध्य ।
हुने सम्झनामा भनी छैन साध्य ।।
जलाएँ चितामा पहिल्यै लगेर ।
कहाँ हुन्छ शान्ती गरी श्राद्ध धेर ।।

दिने प्यार औधी त सन्तानलाई ।
जुटाउने खाना र आफै नखाई ।।
कहाँबाट खोजी पुरा हुन्छ ईच्छा ।
भनी राख्न सक्ने सबैमा सदिच्छा ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवनकथा लेखेर के हुन्छ र?

सानो बालक जन्मिएँ उस घडी रोएर वित्थे दिन ।
आमाको दुधमा रमेर म बढें आए सुनौला छिन ।।
बामे सर्नपुगेँ जसै म करले माटो थियो मित्र त्यो ।
ताते गर्नसकेँ वितेछ समयै क्या खुशको चित्र थ्यो ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खशी र घोडा

दुर्गम गाउँको एउटा किसानको घरमा एउटा घोडा र एउटा खसी पालिएको थियो । खसी र घोडा दुवै एउटै गोठमा बाँधिन्थे । रातिमा निद्रा नलागेका बखत दुवै एक अर्कामा दुखसुख साँटासाँट गर्थे । खशी र घोडा दुवै किसान र उनका परिवारका लागि महत्वपूर्ण थिए । खशी धेरै ठूलो बनाएर बेच्ने र घोडाबाट सामान गाउँदेखि शहर र शहरदेखि गाउँ बोक्न र बेच्नका लागि लगिने गरिन्थ्यो । किसानको प्रमुख पेशा नै घोडाबाट सामान ओसारेर किनबेच गर्नु थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पानी पिउनु मजाले

प्रकृतिमा भएका चीज काम लाग्दछन् ।
तिर्खा लाग्दा सबैले पानी माग्दछन् ।।
पानी भन्नु जीवन बाँच्नलाई चाहिन्छ ।
इनार धारा कुवाबाट पानी पाइन्छ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माटाको महिमा

माटो जीवन हो यथार्थ पनि हो यो मृत्यु र जन्मको ।
माटो अन्न र सास दिन्छ नि सदा माटो त सर्वस्व हो ।।
माटो हो कविता कथा सकलको माटो मिठा मुक्तक ।
माटो काव्य बनेर फुट्छ कविको खुल्दैछ रे चिन्तन ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निर्भीक हुनुपर्छ

ठाडै उकालो चढ्दैछ व्यक्ति पथिक हुनुपर्छ ।
पाठक् आकर्षित् गर्न रचना सटिक हुनुपर्छ ।।

अलिकती आफ्नै मान्छे भनेर ठूलो स्वर गरें ।
रिसाईछन् पत्नि उन्को रीस क्षणिक हुनुपर्छ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •