गिरिराज वर्णन

अमूल्य श्रोतका धनी ।
विशेष लाग्छ मोहनी ।।
छ भानु झैँ समुज्वल ।
लुटिन्छ नेत्र चन्चल ।।१।।

अमूल्य श्रोतका धनी ।
विशेष लाग्छ मोहनी ।।
छ भानु झैँ समुज्वल ।
लुटिन्छ नेत्र चन्चल ।।१।।

छारो मैलो समेट्दै मनुज नयनको छोप्छ बाक्लो तुँवालो ।
फाँट्ने आशा लिएका तन मन जनका खोज्छ थोरै उज्यालो ।।
चर्को त्यो घाम लाग्ने समय पर हुँदा बढ्छ ऐले निराशा ।
राम्रो चल्नेछ सत्ता प्रगति गति लिँदै जान्छ भागे भरोसा ।।
शिक्षिका राधिका पल्लोगाऊँको प्रशासकीय अधिकृत, रमेशसँग विवाह भएपछि राधाम्याम कहलाइन् तर श्रीमान कर, भन्सार, मालपोत, आन्तरिक राजश्वजस्ता कमाऊ अड्डामा जागिरे भै शहरमा वंगला, गाडीसहित कुश्त कमाए पछि शिक्षिकाबाट राजीनामा दिएर राधिका गाऊँदेखी शहरका महिला समूह, जमघट, ढिकुटी, जुवातास, सेकुवा, रक्सीसित भोजहरुमा सरिक हुँदै गइन् ; कारण पैसाको खोलो वगाउन सक्ने हैसियत देखिन्थ्यो । यो हैसियत बढेर उनी सरकारी सचिवको अर्धाङ्गिनी, एयरलायन्स तथा हाईड्रोपावरकी हिस्सेदार र उद्योगपतिसम्म बन्न पुगिन् ।
सत्ता भोग्ने वसिबसि यहाँ दुख्ख दिन्थे जनामा ।
पैसा प्यारो निरिह जनता वोझ ठान्दै कुनामा ।।
आफ्नै भाँडो भरिकन छिटो मोज गर्ने विचारी ।
गर्थे खाली लुटिकन लिने राज्यका श्रोत भारी ।।
वोल्दा कोही बनिनु खल झैं सोच सत्ता लिएका ।
वोल्ने खोजी निशिदिन यहाँ मार्न सक्थे जिएका ।।
पारौं राम्रो मुलुक सब यो सोच राख्दै नराखी ।
लुछ्थे माटो शठहरु मिली कत्ति बाँकी नछाडी ।।
दुर्गम गाउँको एउटा किसानको घरमा एउटा घोडा र एउटा खसी पालिएको थियो । खसी र घोडा दुवै एउटै गोठमा बाँधिन्थे । रातिमा निद्रा नलागेका बखत दुवै एक अर्कामा दुखसुख साँटासाँट गर्थे । खशी र घोडा दुवै किसान र उनका परिवारका लागि महत्वपूर्ण थिए । खशी धेरै ठूलो बनाएर बेच्ने र घोडाबाट सामान गाउँदेखि शहर र शहरदेखि गाउँ बोक्न र बेच्नका लागि लगिने गरिन्थ्यो । किसानको प्रमुख पेशा नै घोडाबाट सामान ओसारेर किनबेच गर्नु थियो ।