Skip to content

अथाह सागर तरेर आएँ


अथाह सागर तरेर आएँ
तिम्रै छेउ बसाईं सरेर आएँ

मानेर फूल पुकार्थे साराले
तिम्रै हुँ भन्दै झरेर आएँ

देखाउन सबलाई मेरै हौ तिमी
यो ज्यानै बाजी गरेर आएँ

फिजाउथे हल्ला अनेकौ दुनियाँ
कयौ पल जिउदै मरेर आएँ

भन मन्जुर छौ या छैनौ तिमी
दोधारमा आज परेर आएँ

निर्मला थापा

2 thoughts on “अथाह सागर तरेर आएँ”

  1. Nirmala ji, its really nice
    Nirmala ji, its really nice gajal..you are a great creator in Nepalese literature field.Thanks for another sweet gajal.. go ahead……………………..

    Nepoleon

  2. तिर्थ(यात्री)पौडेल

    तिर्थ(यात्री)पौडेल
    गजल
    तिमि आयौ सुभास दिन्छु
    मुटु भित्रै निबास दिन्छु,

    तिमि जुन है नयनाकस कि
    सधै उदाउने आकास दिन्छु,

    मेरै भयौ संगै बढाऊ कदक
    शिखर चुम्ने सहास दिन्छु,

    आउ थमाउ हात मलाइ
    हल्लै हल्लाको निकास दिन्छु,

    तिमि मेरी केवल मेरी
    जुनी भरलाई आबास दिन्छु,
    लखनपुर ३,झापा,नेपाल,
    हाल;बहराइन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *