Skip to content

बुँद बुँद सँगालेकी


बुँद बुँद सँगालेकी चु’न दिने छैन हजुर
उदार मेरो दिल कोहीलाई छुन दिने छैन हजुर

जस्तै दु:ख भए पनि बाँच्ने साहस छ ममा
मलाई हेरी मेरो लागि रुन दिने छैन हजुर

आफ्नै रहर पन्छाएर यो समाजको रित टार्न
यो दिलमा “राज” कोहीको हुन दिने छैन हजुर

आफ्नो भन्नु सर्बस्व नै अरुभित्र हराएर
शिखर चुम्ने जोश मेरो कु’न दिने छैन हजुर

सेवा गर्न तयार छु म आफ्नो पहिचान नगुमाई
नातै जोड्न माग्छन भने खुन दिने छैन हजुर

निर्मला थापा

20 thoughts on “बुँद बुँद सँगालेकी”

  1. निर्मलाजी
    विषयबस्तुलाई पक्कड

    निर्मलाजी

    विषयबस्तुलाई पक्कड पारेर लेख्नुभा’ रहेछ। स्वाभीमान, आत्मविस्वास झल्केको छ।। आसा छ वास्तविक जीवनमा तपाईं जस्तै आत्मविश्वास बोकेका नेपाली चेलीहरू दिनानुदिन बढ्दै जानेछन्।

    “शिखर चुम्ने जोश मेरो कु’न दिने छैन हजुर ” को “कु’न”को अर्थ चाहिं के पर्यो?

    1. hajur rao lagyo
      Nirmala ji ka gajal haru malai sarai man par6a uhale ramra sabdaharuko mitho milan garnu hun6a badhai 6 hajur Nirmala ji

  2. Nirmala ji !
    गजल राम्रो

    Nirmala ji !

    गजल राम्रो लाग्यो । बोलाई र लेखाई को भिन्नता (चु न र कु न ) लाई अर्थ्याउन समय लाग्यो ।

    चन्द्रयात्री

  3. चन्द्र जि अनि सुरुको
    चन्द्र जि अनि सुरुको साथी,
    बोलाईलाई आधार मानेर “चुहिनु” र “कुहिनु” लाई “चु’नु” र “कु’नु” लेखेकी हुँ । मेरो सामान्य बुझाई अनुसार् कतिपय शब्दहरुमा कतिपय अक्षरलाई apostrophe (‘) ले replace गर्दा पनि अर्थमा समानता कायम रहन्छ भन्ने हो।

    यध्यपि भाशाको अशुद्धिलाई सुधार्ने कोशिस गर्नेछु।

    यँहाहरुको अमुल्य सुझाबको लागि हृदय देखि नै धन्यबाद।।

    निर्मला थापा,

    1. usually we use apostrophe for
      usually we use apostrophe for combination two words. inside only one word we cant use apostrophe. Thanks…..

      Nepoleon

  4. फेरी अर्को झट्का……! मैले
    फेरी अर्को झट्का……! मैले तपाईंलाई पहिलापनी भन्दै आएको कुरा तपाईंको बिषय चयन सार्ह्रै नै उत्कृष्ट रहन्छ र त्यो बिषय बस्तुलाई उच्चरुपमा न्याय पनि दिनु भएको पाये यो गजलमा पनी ……..।

    जस्तै दु:ख भए पनि बाँच्ने साहस छ म मा
    मलाई हेरी मेरो लागि रुन दिने छैन हजुर

    माथि कुमार जि र चन्द्र जि ले भने जस्तै कसैलाई कु’न र चु’न को अर्थ बुझ्न गार्ह्रो भएपनी आफु पश्चिमान्चलको भएर ठ्याम्मै केही गार्ह्रो भएन..।हाम्रा घर तिर पनि यसरी नै बोल्चन ।।।

    उत्कृष्ट गजल !!!!

  5. >>बोलाईलाई आधार मानेर
    >>बोलाईलाई आधार मानेर “चुहिनु” र “कुहिनु” लाई “चु’नु” र “कु’नु” लेखेकी हुँ ।
    apostrophe राखेर बोलीमा silent हुने अक्षर हटाउने काम त सामान्य हो। तर, “कुहिनु”लाई “कु’नु” र “चुहिनु”लाई “चु’नु” भनेर बोल्ने गर्या’ भन्ने चाहिं मलाई थाहा थिएन। कतातिरको पर्नुभो?

    –कुमार

  6. कुमार जि म पश्चिम पोखरा बाट
    कुमार जि म पश्चिम पोखरा बाट परें। सामान्यतया हामीहरुको तिर बोल्दा खेरी शब्दलाई छोट्याएर बोल्दा उच्चारण यही स्वरुपको हुन जान्छ जस्तै,….हामीहरुको मा जान्छुलाई साधारहणतया: जान्चु को रुपमा बोल्ने गरिन्छ, त्यो स्थानियरुपमा चलनचल्तिको भाषा भनेर बुझ्दा गलत अर्थ नजालाकी भन्ने मेरो दृष्‍टिकोण हो

    कुमार जि हजुर कहाँ बाट पर्नु भो..? जानी राख्न पाए राम्रो..

  7. किन किन मलाइ येहा नेर हास्न
    किन किन मलाइ येहा नेर हास्न पो मन लग्यो त हो…..

    la kasle thamma भन्न sakchha मा येहा नेर किन haasn khojeko holaa?

    गजल राम्रो छ उत्कृस्ट छ … nirmala jikaa गजल को feri पनि के kura गर्नु र nirmala ji ko गजल त super hun6n

  8. लेखीका र दुई चार जना उहाँको
    लेखीका र दुई चार जना उहाँको फ्यानहरुलाई राम्रो लागेपनि समग्र रुपमा भन्ने हो भने,यो गजलको केही शब्दहरु सबैले तुरुन्तै बुझ्न सक्ने खालको र सरल देखिदैनन्, यसो भन्दैमा फेरी गजल शत प्रतिशत नराम्रो छ भन्न खोजेको पनि हैन । लेखनको अर्थ अक्षरहरुको निर्माण मात्रै नभै अरुलाई बुझाउनु र केही ज्ञान दिनु पनि हो । हुन त यो मेरो नितान्त ब्यक्तिगत बिचार हो । कोही सहमत् हुनै पर्छ भन्ने छैन । धन्यवाद

    नेपोलियन मरहट्टा

  9. कुमार जि यहाँ भईरहेको छलफल
    कुमार जि यहाँ भईरहेको छलफल हेर्दा एबम पढ्दा मैले मझेरीमा एउटा छलफल गर्ने भाँडो ( च्याट बक्स) को आवश्यकता देखें यदी सम्भब हुन्छ र मिल्छ भने मझेरिको एउटा कुनामा लेखरचनाको बारेमा छलफल गर्ने बक्स राख्न अनुरोध गर्दछु। यस बिषयमा अन्य साथीहरुसँग पनि छलफल गरेर चाडै मझेरीमा एउटा नयाँ स्तम्भको आशा गर्दछु।

    1. wao
      कस्तो राम्रो बिचार

      wao

      कस्तो राम्रो बिचार …..
      एस्तो भए त कति राम्रो हुन्थ्य्यो नि … त्यसै गरेकसो होला कुमार जी?

  10. तीर्थजीको जबाफ-गजल प्राप्त
    तीर्थजीको जबाफ-गजल प्राप्त भएकोलेर यहाँ राखेको छु।

    ==================================
    गजल   तीर्थ (यात्री ) पौडेल

        बुँद बुँद की चाहियो मुलै आफ्नो भए पछि
        छुन की दिनु पर्यो माँ मन्दिरमा छाए पछि ,
     
         आबेसमा अहिले भन्छै बाची दिन्छु एक्लै म त
         बिपदमा चाहिन्छ साथी पाउ  गल्दै गए पछि ,
     
         रहरको जन्ति जान सधै सधै पाऊ भन्दै
        समाजको रित भन्छै हार मनले  खाए पछि ,
     
         किन यस्तो निर्मलाजी कता कता दुखे जस्तो
        सबैलाई नै यस्तै हुन्छ प्रेममा ढोका खाए पछि,    

    लखनपुर ३ झापा ,नेपाल
    हाल बहराइन
    ==================================

  11. गजलको बारेमा धेरै साथीहरुले
    गजलको बारेमा धेरै साथीहरुले कलम उठाउनु भयो, सबैले लेख्नुभएको पढेँ पनि ।
    धेरै धेरै धन्यबाद यहाँहरु सबैलाई। मैले मेरो सिमित भौगोलिक परिबेसको बोलाईलाई आधार मानेर शब्द चयन गरेकी थिएँ । यध्यपी आगामी दिनहरुमा शब्द चयनको बिषयमा विचार पुर्याउने छु ।

    अनि, अनुभब जि ले भने जस्तै रचनाहरुको बिषयमा अथवा अन्य केही बिषयमा छलफल गर्न परेमा “मझेरी” मा “छलफल बक्स” को सुरुवात हुने हो भने पक्कै पनि राम्रो हुने थियो ।

    तिर्थ जि लाई पनि जवाफको लागि धन्यवाद!

    निर्मला थापा,

  12. साथीहरू,
    छलफलको लागि (च्याट

    साथीहरू,

    छलफलको लागि (च्याट गर्ने जस्तो??) ठाउँ खोज्नुभएको कुरा जायज छ। मेरो पनि ईच्छा त्यो पहिलेदेखि नै हो। तर मैले परिकल्पना गरेको चैं एउटा धागो (thread) हो, जसलमा साथीहरू आफूलाई मन परेको विषयमा छलफल शुरु गर्न सक्नुहुन्छ र अन्य साथीहरूले प्रतिउत्तर दिन सक्नुहुन्छ। जस्तो यो पेज हेर्नुस्।
    https://www.majheri.com/node/2448

    यो पेज हेर्न मेन्युको “छलफल/समाचार” थिचेर जान सक्नुहुन्छ। नयाँ थप्न चाहिं “लेख्नुहोस्” भन्ने बाकस भित्रको “नयाँ छलफल” थिच्नुहोस्।

    मेसेन्जरहरूमा झैं च्याटबक्स नै थप्ने चाहिं मैले बिचार गरेको थिइन किनकि मझेरीमा पाठकबृन्दहरू एकै समयमा भेला हुने भनेको त्यति हुँदैन भन्ने ठानेको छु। तर, यदि आवस्यकता महसुस भयो भने थप्न सकिन्छ। म अहिले बिचार गरिरहेको छु। केही समय दिनुहोस्।

    — कुमार

  13. ठिस बुढा

    नमस्ते!
    सबै नेपालि साहित्य प्रेमिहरुलाई म सिकारुको नमस्कार!

    धेरै सिक्न पाएँ हजुरको शब्दहरु बाट! अनि सिक्दै छु। यहाँहरुलाई धन्यवाद!

    नढाँटि भन्छु, निर्मला थापाको गजल पहिलो प्यासमा बुझिन। ४ चोटि पढ्दा पनि बुझिन… पछि तल लेखिएका पढे पछि मात्रै बुझे।

    लौह पथ गामिनिले मात्रै बुझ्ने शब्द प्रयोग नगरि दिनुहोला भन्ने मेरो अनुरोध छ।

    – नेपालि साहित्य प्रेमि
    🙂

  14. sagar paudel वान्टस टु लर्न गजल
    प्लिज हेल्प सागर पौडेल । हि वान्टस टु लर्न हाउ टु राईट अ गजल ।

    थेँक यु ।

  15. la la nirmala ji tapai la
    la la nirmala ji tapai la sarai ramra jafal lakhna garnuhudo rai 6 malai pani yestai jagal lekhna sikaidenu na vanna ko kaiia tapai sanga sikna ta

Leave a Reply

Your email address will not be published. Required fields are marked *