जित्छु भन्दै सच्चा प्रेम हारीरहे सदा मैले
थोपा थोपा खुन झिक्दै मारीरहे सदा मैले
बल्ल बल्ल रोज्या माया पराईले खोसिदिदा
दिनरात उनकै बस्ति चारीरहे सदा मैले
ढुंगासंगै गुड्दा जीवन आफ्नै मनले धिकार्दा नि
आउलिन एकदिन भन्दै जुनी टारीरहे सदा मैले
जाला बरु प्राण मेरो उनको दृस्टी पाए भने
कता पुग्ला नजर भन्दै सारीरहे सदा मैले
धेरै बन्न खोजे माली यो दिलको फूलबारीमा
उनी मात्र बस्छिन् भन्दै बारीरहे सदा मैले
निर्मला थापा
काठमाडौँ, नेपाल
swoyam.nirmala@gmail.com

निर्मला जि, अर्को राम्रो
निर्मला जि, अर्को राम्रो गजल….तर तेस्रो शेर अली अप्ठ्यारो लाग्यो वाचन गर्दा खेरी…….शब्द संयोजन एबम समानान्तर लम्बाईलाई पनि अली ध्यान दिन पाए कस्तो होला?
Anubhav ji,
Thank you comment
Anubhav ji,
Thank you comment ko laagi.
Koshish garnechhu sudhar garna tapaile bhannu bhayeko paksha maa pani..
Nirmala
धेरै बन्न खोजे माली यो दिलको
धेरै बन्न खोजे माली यो दिलको फूलबारीमा
उनी मात्र बस्छिन् भन्दै बारीरहे सदा मैले
Sweet gazal.
Waoooo so sweeet I like
Waoooo so sweeet I like it
hello
Tapai ko lekhai yo gazal le ta mero manai jityo aaja darsan paye
thank UUUUUU very very much
by umesh
गजल तिर्थ (यात्री
गजल तिर्थ (यात्री )पौडेल
मुना मदन जस्तो हुन्छ सच्चा प्रेम हेर निरु
सच्चाई सच्चा प्रेम भए कहिल्यै जान्न खेर निरु
एकोहोरो थियोकी माया नत्र कि फेरिन्थ्यो र
बस्तीहरु चहार्न छोडी उसकै घर घेर निरु
सोधेको भए हुन्थ्यो तिमीले बोलेर समिपमा
जिउ सुक्छ सन्तापले पिर नगर धेर निरु
देख्न पाए मर्थे भन्छौ मर्ने भए किन हेर्नु
पहिल्यै भन्न सक्नु पर्थ्यो तिमीले गर्यौ बेर निरु
फूलहरु सुके होलान माली अन्त सरे पछी
गोड मेल गर्न सक्छु होला बरु माली फेर निरु
गजल तिर्थ (यात्री
गजल तिर्थ (यात्री )पौडेल
मुना मदन जस्तो हुन्छ सच्चा प्रेम हेर निरु
सच्चाई सच्चा प्रेम भए कहिल्यै जान्न खेर निरु
एकोहोरो थियोकी माया नत्र कि फेरिन्थ्यो र
बस्तीहरु चहार्न छोडी उसकै घर घेर निरु
सोधेको भए हुन्थ्यो तिमीले बोलेर समिपमा
जिउ सुक्छ सन्तापले पिर नगर धेर निरु
देख्न पाए मर्थे भन्छौ मर्ने भए किन हेर्नु
पहिल्यै भन्न सक्नु पर्थ्यो तिमीले गर्यौ बेर निरु
फूलहरु सुके होलान माली अन्त सरे पछी
गोड मेल गर्न सक्छु होला बरु माली फेर निरु
तिर्थ (यात्री )पौडेल
तिर्थ (यात्री )पौडेल जी,
गजलको रिप्लाई गजल मार्फत नै दिनु भएकोमा धन्यबाद यहालाई,
निर्मला थापा