कति काट्नु बचन तिम्रो यो पालि त मान्छु आमा
ढल्क्यो उमेर मेरो पनि अब एउटी छान्छु आमा
सधै एक्लै चुला चौका गारो भयो तिम्लाई पनि
दुख सुख पोख्न हुन्छ खोज्न आजै जान्छु आमा
घर दिन्छु थर दिन्छु साथ दिन्छु जीवनभरि
फकाउदा नमानेमा मर्द हु तान्छु आमा
कर्म गर्ने पाखुरी छन् सक्छु पाल्न एक दुइटी त
हटिसक्यो अल्लारेपन घर गृहस्थी धान्छु आमा
निर्मला थापा

ल ल तानेर ल्याउनुस है !!!
बडो
ल ल तानेर ल्याउनुस है !!!
बडो चाखलाग्दो गज़ल लेख्नु भएछ उमेर पुगेर पनि घर
गृहस्थी नगर्ने अल्लारे ठिटाहरुलाई घोच पारेर !
ब्यबहारिक लाग्यो तपाइंको गज़ल
यसै गरि अरु गज़ल पनि तन्नुहोस मेरो शुभकामना छ !!
आहा कती मिठो निर्मला
आहा कती मिठो निर्मला जी,
जोसीलो अल्लारे केटाको मन बोकेर
धेरै समयको अन्तराल पछी आउनु भो मझेरीमा
तपाईका गजलहरु सारै मीठा हुन्छन जसमा यो पनी एक हो
लेखीरहनुस संधै बधाई छ
इन्द्रेणी
कर्म गर्ने पाखुरी छन् सक्छु
कर्म गर्ने पाखुरी छन् सक्छु पाल्न एक दुइटी त
हटिसक्यो अल्लारेपन घर गृहस्थी धान्छु आमा
awwwwwwww ramro 6 hajur Gita ji ..la la badhai 6 hajur lai..dhilai vae pani budhi aaeko ma ..ki kaso ??hehehe..
Rajesh rumba lama from Qatar..
धेरै पछी मझेँरिमा
धेरै पछी मझेँरिमा टेक्नुभयो…………. एउटा राम्रो गजल लिएर….
……………मंसिर आउनै लाग्यो…….. गजल समसामायिक लाग्यो……
कति काट्नु बचन तिम्रो यो पालि त मान्छु आमा
ढल्क्यो उमेर मेरो पनि अब एउटी छान्छु आमा
मझेँरिमा paaila टेक्नुभयो
मझेँरिमा paaila टेक्नुभयो एउटा राम्रो comment लिएर……………….मंसिर आउनै लाग्यो…….. comment समसामायिक लाग्यो……
फगत प्रेम बारबार याद आयो
कसैको फेरी लगातार याद आयो
यो के भयो? “अनुभव” यत्रतत्र सर्वत्र
उनै प्रियसिको मुहार याद आयो
Nepoleon
प्रतिक्रियाको लागि यहाहरु
प्रतिक्रियाको लागि यहाहरु सबैलाई धेरै धेरै धन्यवाद
आगामी दिनहरुमा पनि यस्तै साथको अपेक्षा गर्दछु
निर्मला जी !
धेरै ढिला गरि
निर्मला जी !
धेरै ढिला गरि आउनुभयो नि मझेरीमा ? गज़ल राम्रो लाग्यो | मंगसिर/पौष जस्तै | मझेरी मा आउन ढिला नगर्नु है |
निर्मलजी तपाईंको गजल राम्रो
निर्मलजी तपाईंको गजल राम्रो छ। सधैं लेखिरहनु।
तर तपाईंको गजले त निर्मला नभएर निर्मलको दिलको कुर बोली रहनु भएको छ ।
कतै मंसिर लगेर आफ्नो बिबिहा गर्न आतुरी भकोले अल्लारे केटोको भावना लेख्नु भाको त होइन?
मुग्लाने
Abu Dhabi, UAE
magnet.chitwan@gmail.com
http://www.muglane.blogspot.com