बाध्यताले अन्तै लगन जुरेपछि तिमि आयौ
सारा तिम्रो यादहरु पुरेपछि तिमि आयौ
कैयौ दिन तिमीबिना एक्लै यात्रा गरिरहे
थाके अब भन्दै यात्रा तुरेपछि तिमि आयौ
चाहाना त थियो होला तिमीले नै संगै तार्ने
हरेक जंघार पराइले नै कुरेपछि तिमि आयौ
न त खबर तिम्रो कुनै यता डर जवानीको
अगाध माया उसकै लागि फुरेपछि तिमि आयौ
निर्मला थापा
काठमाडौँ, नेपाल

न त खबर तिम्रो कुनै यता डर
न त खबर तिम्रो कुनै यता डर जवानीको
अगाध माया उसकै लागि फुरेपछि तिमि आयौ
बेईमानी मान्छे,
यस्तो पनि गर्ने हो ? विश्वाश नै नभए किन प्रेम गर्नु नि?
उही त हो सबैले बलेकै आगो ताप्छन……
Anyway, गजल राम्रो लाग्यो
अनुभब जी,
सायद गजल बेइमानी
अनुभब जी,
सायद गजल बेइमानी मान्छे बनेर बोलेको छ, तर यसले मेरो बास्तबिकता बोलेको भने छैन,
Anyway, गजल मन पराउनु भएकोमा धन्यवाद यहालाई
निर्मला थापा
निर्मला जी,
मलाई त तपांई को
निर्मला जी,
मलाई त तपांई को गजल बहुत राम्रो लाग्यो … तर कहिल्यै पनि तेस्तो बेइमानी चाहि नहुनु होला ल ।।
उदय
http://udayaspoetry.blogspot.com/