Skip to content

एक्लै बाच्न गारो हुन्छ मैले भन्या मान नानु
जनम जनम साथ दिने आफ्नो मान्छे छान नानु

उमेरमा पो बल हुन्छ चाहिदैन कोहि अरु
सधै रुखो बन्नु हुन्न यस्ता कुरा जान नानु

टेढिएर हिड्न हुन्न आफ्नै मान्छे पर्न सक्छ
जसले तिम्लाई आफ्नो ठान्छ उसलाई आफ्नो ठान नानु

आफु कहिलै टाढा नहोउ तिम्लाई चाहने मान्छेसंग
तिम्रो मिठो बचनले आफूतिरै तान नानु

निर्मला थापा

3 thoughts on “गजल”

  1. WAHHHHHHH Nirmala G aaphu lai
    WAHHHHHHH Nirmala G aaphu lai herosh bhanne harule herenan jasto chha. Tens nalinush. Rachana ramro lagyo aagami dinma yastagari padhna paiyos hai. Keep it up

Leave a Reply

Your email address will not be published. Required fields are marked *