Skip to content

होस लुट्ने भट्टी होइन पौरख लुट्ने काम रोज
बहादुरि फैलाउने सधैँ राम्रो नाम रोज

अ मुल्य छ साँच्चै जीवन केही गरी देखाउनु छ
नयाँ नयाँ जोस दिने मिर्मिरेको घाम रोज

मानवताको पहिचान गुम्ने असर्फिको नोठ होइन
आफ्नै पौरख मुछिएको एक सुका दाम रोज

बिना पौरख आर्जिएको केही चिजले स्वाद दिन्न
चौरासी ब्यन्जन होइन आफ्नै घरको माम रोज

निर्मला थापा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *