Skip to content


जति भेटें ति मध्येमा आहा लाग्छ भन्छ सधैं
सायद दूर छ मदेखि उ चाहा लाग्छ भन्छ सधैं

उठुं, बसुँ हरेक क्रिया उसकै बसमा राख्न खोज्छ
नजाउ समीप कसैको नि डाहा लाग्छ भन्छ सधैं

बरु कुर्छु हजार जन्म नजर अन्त लान्न भन्छ
सधैं एक्लो उसको लागि अथाहा लाग्छ भन्छ सधैं

बेहुली बनाई भित्र्याउने महल बन्न नपाउदै
खोसिन्छ कि मेरो रोजाई औडाहा लाग्छ भन्छ सधैं

निर्मला थापा
E-mail: swoyam.nirmala@gmail.com

4 thoughts on “गजल”

  1. नजाईदेउ तिमि टाढा उसको चाह
    नजाईदेउ तिमि टाढा उसको चाह टुटाएर
    संगै बस बरु सधै चाजो पाजो जुटाएर
    अंगालेर राख उसलाई संका गर्ने ठाउँ नदेउ
    समर्पित हौ उसै संग्ग अरुलाई नाउ नदेउ
    हजार बर्ष नकुरे है उनिउ पनि फुल्न सक्छ
    ढिलो गरे केहो केहो अन्तै मन डुल्न सक्छ

    लौ निर्मला जी शुभ-कार्य मा ढिलो किन ??? हामीलाई पनि निम्तो आउलाकी ?? राम्रो लाग्यो यहाँ ले सबै रचना माथि न्याय गर्नुभएकोछ धन्यवाद !

    विमल गौतम
    साउदी अरेबिया
    bimalgautam2000@yahoo.com

  2. तिर्थ(यात्री)पौडेल
    गजल
    तन

    तिर्थ(यात्री)पौडेल
    गजल
    तन मात्र दुर तिम्रो मन भित्रै राखेको छु
    देउरालीमा फुल चड़ाई केवल तिम्लाई मागेको छु,

    तिमि जुन सधै मेरो नयनाकाशमा उदाउने
    तिमि संगै जुनी काट्ने सुन्दर सपना साँचेको छु,

    हात समाई तिमीलाई साथ लीइ समिपमा
    निदाउने,चलाउने कल्पनामा बाँचेको छु,
    ,
    डोली लीइ आउछु अब सजाउन तिम्रो माथ
    त्यो बेलामा तिमीले खाने खैपी अचार साँधेको छु,
    लखनपुर,३,झापा,नेपाल
    हाल;बहराइन
    e-mail tttirtha62gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *