दशा बोकी आयो दशैँ टार्ने अब कसो गरी?
नदेखे नि हुन्थ्यो यसले बार्ने अब कसो गरी?
काँधभरि पोहोरकै रीन छ तिरिसक्या छैन साहुको
हात जोर्दै उही बस्ती चार्ने अब कसो गरी?
न छ कतै आउने बाटो पत्याऊदैन साहुले पनि
निमुखा यी लालाबाला मार्ने अब कसो गरी?
न आउने भो नयाँ नाना, नपाक्ने भो चिची घरमा
अबोध बालबच्चासँग हार्ने अब कसो गरी?
निर्मला थापा,

वाह..वाह..वाह..निर्मला
वाह..वाह..वाह..निर्मला जी,
गरिबको मन चस्क्कै छोयो,
तपाईका हातहरु लेखेर कहिल्यै नथाकुन शुभ कामना……..
इन्द्र पुन “इन्द्रणी”
Very very nice, dherai darda
Very very nice, dherai darda rakhera ra bhawana ma pagliyera ramro Gajal lekhnu bhayechha. padhne abasar paye,khushi lagyo ani sachhai dasai aaye jastai bhayo.
Nepoleon
वाह् गिता जी! दशैँ अर्थात्
वाह् गिता जी! दशैँ अर्थात् गरिबको “दशा” लाई गजल मार्फत यथार्थमा उल्लेख गर्नु भो धन्यवाद् गजलको लागी अनी हामिहरु आखिर जुनसुकै अबस्था मा झेलिएपनी आउदै गरेको बिजया दसमीको सुखद् उपलक्षमा मङ्गलमय शुभ-कामना ल… .. .
GANESH THAPA SM
वाह् गिता जी! दशैँ अर्थात्
वाह् गिता जी! दशैँ अर्थात् गरिबको “दशा” लाई गजल मार्फत यथार्थमा उल्लेख गर्नु भो धन्यवाद् गजलको लागी अनी हामिहरु आखिर जुनसुकै अबस्था मा झेलिएपनी आउदै गरेको बिजया दसमीको सुखद् उपलक्षमा मङ्गलमय शुभ-कामना ल… .. .
GANESH THAPA SM
निर्मजी जि गजल निकै समसामायिक
निर्मजी जि गजल निकै समसामायिक लाग्यो र निकै उत्कृष्ट पनि….
नेपालीहरुको यथार्थतालाई गजलको रुपमा पस्कनुभयो
आगामी दिनहरुमा पनि यस्तै गजल एवम भावनाहरु पढ्न पाईयोस्
बिजयादशमीको हार्दिक मंगलमय शुभकामना
निर्मला जि !
तपाईंको गजल मा
निर्मला जि !
तपाईंको गजल मा हाम्रो समाज र संस्कार को यथार्थ चित्रण छ । रचना धेरै राम्रो लाग्यो ।
चन्द्रयात्री