हेरी बस्छौ टुलु टुलु रहर कस्तो तिम्रो
मानवता नै नभएको सहर कस्तो तिम्रो
वर्षौदेखि उही पीडा धैर्य टुटी सक्यो
सधैं पीडा जन्माउने प्रहर कस्तो तिम्रो
सबको सम्मान गर्नुपर्छ लेखिएको गजलले
दुश्मनी र फाटो ल्याउने बहर कस्तो तिम्रो
भो छाड मरेकालाई गर्दैनन् केही तिनले
मरेकालाई ब्यूँझाउने जहर कस्तो तिम्रो
म चिताउछु भलो भनौं हक छैन कसैको नि
सधै एकाधिकार चल्ने ठहर कस्तो तिम्रो

टुल-टुल हेरी र’न्छु रहर एस्तै
टुल-टुल हेरी र’न्छु रहर एस्तै मेरो
अलि कठोर हुदै गा’छ सहर एस्तै मेरो
तिम्रा सारा पीडाका ती धैर्य टुटे पछी
नसोध ल किन भनि प्रहर एस्तै मेरो