ओठमा लाली नलाऊ मैच्यांग
गालामा मेरो डाम बस्छ,
कुरा काट्ने धेरै छन मेरो
देखे भने नाम राख्छ !
त्यसै तिमी राम्री छौ नि
केलाई चाहियो त्यो लाली,
को नै पो होला र तिमीलाई देख्दा
नबजाउने मुख, ताली !
आँखामा गाजल लगाऊ बरु
कसैको आँखा नलागोस,
मेरो मात्रै हो नि तिमी
कसैले आशा नराखोस् !
राजेश रुम्बा लामा “अतृप्त”
