Skip to content

गजल (मेरी प्रिय)

मलाई सम्झी पुर्णे साँझ,जून हेर्नु है !
आउंदा याद मेरी प्रिय,पत्र कोर्नु है !!

दु:खी कहिल्यै नहुनु,हाँसला जोरीपारी,
दु:ख पर्दा कसैले देखे,रुप फेर्नु है !!

कोटाएरा मनको व्यथा,दु:ख देखि हाँस्छ
मनमा कोहि नछिरुन.बार बार्नु है !!

बुढेसकाल भो बा,मा’नि,विचार गर्नु,
नलाउनु केहि बचन,भने टेर्नु है !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *