Skip to content

धारे आरा लायो तिमीले


धारे आरा लायौ तिमीले
रेट्नु मुटु रेट्यौ,
भुली तिमीले सारा बाचा
अन्तै माया भेट्यौ !

जिउला सँगै भनेकै थिएँ
मैले सके दिएकै थिएँ ,
तिमीलाई पीडा हुँदा खेरि
मैले नि आँशु पिएकै थिएँ !

स्वार्थी रहिछौ तिमी हेर
कोमल यो मन बिगार्यो,
पल पल मरेर साँचेको थिएँ
सारा तिमीले निखार्यो !

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *