अङ्ग अङ्ग सुम-सुम्याऊ न, बढाऊ कोमल हातहरू !
चुपचाप समर्पण गर्छु, सुनसान कयौं रातहरू !!
मन्द प्रकाश दिने छ हामीलाई, जलेको त्यो दियोले,
आँखा चिम्ली रमाअौं ल हामी, कानेखुशी गर्दै बातहरू!!
देख्ने छैन कसैले हामीलाई, न त थाहा पाउने छन्,
छ्वात्तछुल्ल पोखौंला नि प्रिय, बैंसको हाम्रो मातहरू !!
कुनै चिन्ता नलेऊ मनमा, परेको रुम्बाले बेहोर्नेछु
खानै परे तयार हौंला, तिम्रो आफन्तको लातहरू !!
राजेश रुम्बा लामा “अतृप्त”
