Skip to content

भाषण मात्रै होइन नेता………..


भाषण मात्रै होइन नेता, काम पनि गर्ने गर!
आफू मात्रै खान छोडी, जनता पेट नि भर्ने गर !!

आफ्नो स्वार्थ पूर्ति गर्न, दु:ख दियो जनतालाई,
सक्छौ भने तिमी पनि, जनताको लागि मर्ने गर !!

चुनाब आउँदा शरण पर्छौ, त्यै जनताको दैलोमा,
भुल्ने होइन ती दिन, संधै नजिक पर्ने गर !!

जनतालाई भर्याङ् बनाई, चड्यौ तिमी महलमा,
कहिलेकाहीं त दु:ख बुझ्न, झुपडीमा झर्ने गर !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *