नेपालभरि जताततै
छन् जनजाति,
तर पनि सबै मुनि
छैनन् कोही माथि !
न त भन्यो घामपानी
न त दिन वा राति,
सधैं दुख गर्नुपर्ने
हामी जनजाति !!
दुख मेहनत गर्ने हामी
आगो सल्क्यो छात्ती,
हेप्ने चेप्ने हुन्छ यहाँ
सधैं हामीमाथि !
पिउँछन् हाम्रो पसिना
चुस्छन हाम्रो खुन,
आरोप लाउँछन अछुतोको
गारो मान्छन छुन !!
रीतिरिवाज हाम्रै छन्
आफ्नै छन् भाषा,
उच्चा वर्ग सोच्नेहरूले
बनाउदै छन् पासा !
बाउको बिर्ता सोस्छन देशलाई
संधै यिनको शासन,
हामीलाई अवसर दिएनौ कहिल्यै
दिन्छन खाली भाषण !
उठ्न खोजे हाम्रो शिर
बजर्नेछन् लाति,
उठ-जुट यस बिरुद्ध
सबै जनजाति ……………….
उठ-जुट यस बिरुद्ध
सबै जनजाति ……………….
(हाम्रो नेपालको राष्टिय गानाको लयमा गाउँदा अझ राम्रो)
राजेश रुम्बा लामा “atript”
