थोपा थोपा पसिना
आफ्नै देशमा पोखौं साथी,
खानु परे खोले खाउँला
आफ्नै देशको माटो बोकौ साथी !
गर्नु गरिसक्यो दुख
पराइको बचन खप्दै साथी.
भुलिएर आफ्नो माटो
पराइको माटो जप्दै साथी !!
हातमा ठेल्ला उठे उठुस
आफ्नै देशमा गरौ साथी,
पशु सरह मर्नु भन्दा
आफ्नै देशमा मरौ साथि !!
धेरैले त्यागी सके
अकालमै यहाँ प्राण साथी,
दुख गरि के काम लाग्यो,
आखिर नभएसि यो ज्यान साथी
राजेश रुम्बा लामा “अतृप्त’
दोहा कतार
