…आँशु….छाती …
संगालेर राखे भए आँशु,
तालै बन्थे होला,
चर्किंद फुट्ने भए छात्ती
पोलाई बन्थे होला !
धेरै चोटी रोइ रहे
आँशु बगी रह्यो,
चर्की रह्यो छात्ती पनि
धेरै दुखि रह्यो !!
हर्षले नि थोरै रोएँ
मनमा खुशी छौंदा,
छात्ती पनि फुल्ने गर्थ्यो
क्षेनिक उन्माद आउँदा !
संगालेर बगा भए आँशु
भेलै बन्थे होला
निचोरिंदा पेल्ने भए छात्ती
तेलै बन्थे होला …………
राजेश रुम्बा लामा “अतृप्त’
दोहा,कतार..
