Skip to content

कता गयो खोइ मेरो जुरेली (एकल लोकगीत)

जिस्काई बस्थ्यो झिम्कौदै परेली
फुल झर्यो कि,
तिमीलाई छोडी जान्न म भन्नेले खोलि तर्यो कि …………….
निको छैन जस्तो छ चाला
गर्न छाड्यो आजकल त मिसकल
फुल झर्यो कि,
तिमीलाई छोडी जान्न म भन्नेले खोलि तर्यो कि …………….
खाँदा,हिन्द सुत्त नि सम्झिन्थ्यो
मिसकल गर्न जहिले नि तम्सिन्थ्यो
फुल झर्यो कि,
तिमीलाई छोडी जान्न म भन्नेले खोलि तर्यो कि …………….
मेसेज पनि आछैन इमेलमा
याहू नाखोलेनी आइरहन्थ्यो जिमेल्मा
फुल झर्यो कि,
तिमीलाई छोडी जान्न म भन्नेले खोलि तर्यो कि …………….
यो मनमा पर्यो पिर पर्नलाई
के गर्नु खोइ सक्दिन केहि गर्नलाई
फुल झर्यो कि,
तिमीलाई छोडी जान्न म भन्नेले खोलि तर्यो कि …………….
गर्छु फोन लाग्दैन कहिल्यै नि
एन टिसिले रुवाउछ जहिल्यै नि
फुल झर्यो कि,
तिमीलाई छोडी जान्न म भन्नेले खोलि तर्यो कि …………….
जहाँ गए नि गर्दिन म संका
म रुए नि उसमा होस् उमङ्ग
फुल झर्यो कि,
तिमीलाई छोडी जान्न म भन्नेले खोलि तर्यो कि …………….
नपरे सी मान्छेलाई के को थाहा
यस्तै हो हजुर परदेशीको पिर-ब्यथा

राजेश रुम्बा लामा :”अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *