लाग्छ….
न्याउलीले नि मेरै कथा
गाए जस्तो लाग्छ,
चैतमासको उराठ पनि मेरै निम्ति
छाए जस्तो लाग्छ !
साउनको भेल पनि मेरै निम्ति
आए जस्तो लाग्छ,
समयले नि मेरै पीडा
चाहे जस्तो लाग्छ !!
विरहको भाका न्याउली मेरै कथा
गाए जस्तो लाग्छ,
थाहा छैन दुनियाँमा मैले मात्रै दु:ख
पाए जस्तो लाग्छ ………..
राजेश रुम्बा लामा “अतृप्त”
