Skip to content


अरुले कमाएको देखेर
बेदेश आए कमाए ,
नक्कल गर्दै अरुको
क्षेणिकलाई म नि रमाएँ,
दु:ख सुख गरेर
हरियो डलर नि समाएँ,
त्योई डलरको आँटमा
माया पिरती नि जमाए,
डलरको पछी लाग्नाले
अलारे बैशा गुमाएँ ……….
पछुत्त्व लाछ अहिले त मलाई
अलारे बैशा गुमाएँ ……..लास्सो..
उमेरले डांडा चढीगो
२६ बर्ष कढीगो,
पसिना जत्ति यहाँ फाली
जोश र जाँगर घटिगो,
बाँच्दैन जस्तो लाग्छ धेर
बाँचे त ५० बढी को………
बाँचे त ५० बढी को …लास्सो
बैशको महत्व बुझेन
पैशाको पछी लागियो ,
छोडेर आफ्नु जन्म देश
मुग्लान तिर भागियो
मनै त रहिछ यो धन
कसरि बुझौं यो मन ..लास्सो…………

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *