चारै दिशा, चारै किल्ला
“मिच्दै” आयो बैरीले,
स्वभिमानी नेपालीको शिर
“थिच्दै” आयो बैरीले !
हामी आफैं लडी रहन्छौ
“मौका” हान्यो बैरीले,
हामी-हामी लडेपछि
“चौका” हान्यो बैरीले !!
यसरी नै सही रहे
“सिध्याउने” छन् बैरीले,
अझै हमी एक नभए
“बिताउने” छ्न् बैरीले !
इज्जत लुट्यो चेलीको
“मार्यो” भाईलाई बैरीले,
दिन् दाढै च्याप्दै नेपल्
“सार्यो” सीमा बैरीले !!
अब उठौं हामी नेपली
“बचाउने” हाम्रो देश,
अब पनि चुप लागे
“पचाउने” छ हम्रो देश !!
राजेश रुम्बा लामा ‘अतृप्त’
दोहा,कतार,,

Simple but the message is
Simple but the message is clear.
tnx so much athiti ji for ur
tnx so much athiti ji for ur comment
rajesh ‘atript”