हेर न गौरी कस्ता छन् पुरुष कर्मचरीहरू “काम गर्न गाह्रो भो, यस्तो दुःख त खाडीमा कामगर्दा पनि हुँदैन । भोलिदेखि काम गर्न वालै आउँदिन” भनेर घुक्र्याको घुक्र्यायै गर्छन् र कहिल्यै समयमा कार्यालयमा पनि आउँदैनन्, कार्यालयबाट छिटो पनि जान्छन्, बिदा पनि मागिरहन्छन् अनि काममा पनि औषत नतिजा मात्र निकाल्छन् । “उनीहरुका लागि श्रम शिविर रे यो कार्यालय ।”
त्यही सुनेर नम्रताले भनिन् “ हो नि गौरी ! हामी नारीहरुले पनि सोही काममा त्यत्ति नै श्रम गर्छौं उनीहरुलेभन्दा राम्रो नतिजा पनि निकाल्छौं तर कस्ता छन् यी पुरुषहरू !”
गौरीले भनिन् “जात जनाएका होलान् नि, जात ! साँच्चै भनुँ भने हामीलाई त घरायसी कामबाट थकान मेटाउने स्थल यो कार्यालय बनेको छ तर हामीले उनीहरुलेभन्दा धेरै काम गरेर पनि आराम गरेकै महसूस हुन्छ ।”
फेरि काम गर्दै नम्रताले भनिन् “ बरु हामीलाई त कहिल्यै घर फर्कनूनपरोस् भन्ने लाग्छ हैन र गौरी । यत्ति भनेर के गर्नु आखिर जानैपर्छ श्रम शिविरमा ।”
२०७४ असोज ७
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौं
bijusubedi@gmail.com
