पुनर्मिलन (लघुकथा )

फेसबुकमा एक्लाएक्लै मस्त मानिसहरु । परिवारबाट अलग । सबै आ–आफ्नै धुनमा मस्त । इन्टरनेटको लाइन गयो । सबैजना एक्जुट हुन थाले “खै खै राउटर चेक गरुँ त ?, खै खै माइनेटवर्क चेक गरुँ त ।” सबै परिवारको नेटको लाइन अफमा मिलन भयो । सबै घरमा दाजुभाइ, दिदीबहिनी, काकाकाकी, आमाबुबा बीच एक आपसमा कुराकानी हुन थाल्यो । जस्तो विछोड पछिको मीलन जस्तो ।

झ्याप्प विजुलीको लाइन गयो । इन्भर्टर चलाउन खोज्यो, चलेन । मैनबत्ती खोज्न थाल्यो । टर्चलाइट बाले । मोबाइलको लाइट बाले । छरछिमेकीसँग मिलेर विद्युत प्राधिकरणमा खबर गर्न थाले । छरछिमेकसँगको पहिलेको लोडसेडिङ्ग पछिको विछोड पछिको मिलन । टेलिफोन, मोबाइलको पनि लाइन गयो । सबैजना झनै एक्जुट भइ रुष्ट हुन थाले । सबैजनाको एकै गाउँलेजस्तो प्रेमको पुनर्मिलनको पुनर्सुरुवात भयो ।

भुइँचालो गयो । भागाभाग भए सबैजना । सम्पत्ति हराउने पनि कुनै मतलब भएन । सबैजना टेण्ट हाली चउरमा बास बस्न थाले । सबै ठाउँमा प्रेमैप्रेमको बर्षात भयो । जतिजति पराकम्प जान्थ्यो । प्रेमैप्रेमले भरिपुर्ण सबैजनामा आपसी भाइचारा र प्रेम बर्सिरहन्थ्यो । सबैजना एक्जुट भएर भगवानको नाम लिन थाले । नास्तिकताको नामनिशानै थिएन नत धर्मकै विभाजन नै थियो सबै धर्मकाहरुले भनिरहेका थिए । हे राम, हरे शिव, हे धर्तीमाता हामीलाई रक्षा गर । कसैसँग पनि आपसी वैरभाव थिएन । सबैले सबैलाई सहयोग गरिरहेका थिए ।

२०७४ कात्तिक ४
बिजु सुवेदी “विजय”
भकतजनमार्ग, काठमाण्डौं
[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *