आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्मजयन्ती हो । उहाँले मुनामदन असारे लयमा लेख्नुभएको थियो । लक्ष्मीप्रसाद देवकोटा महाकविले जस्तै म पनि प्रायः धेरै कविता यही असारे लयमा लेख्ने गर्दछु । आज उनैको सम्झनामा यो असारे लयको गीतिकविता बनाएको छु । आशा छ सबै शुभ–चिन्तक पाठकहरुले यो कविता मन पराइदिनुहुनेछ ।
लय :– ३+२ विश्राम, ३+२ विश्राम, ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय
धनको भारी मनको छोटो छैन नि चहक ।
चम्किने सिक्का भएर खोटो छैन नि मूल्य त ।।
जेको नि लोभ बैगुनी माया विकाउ सर्वत्र
इमान छैन जमान छैन लालच बढोत्त
नेताझन् ठग जनता चूप भएर अब त
कर्तव्य छैन कर्मको त के कलङ्की औतार
पसिना दिने रोएका छन् नि कमारा भएर
गरीब मारा हाँसेका छन् नि नशामा डुबेर
जतामा हेर्यो त्यतामा छ नि कुलतै कुलत
सुलत जन हरुको आज कन्त र विजोग
२०७४ कार्तिक २ बिहीवार लक्ष्मीपूजा
बिजु सुवेदी “विजय”
भकतजनमार्ग, काठमाण्डौं
bijusubedi@gmail.com
