Skip to content

पढ मेरा भाइ बैना


मेरो व्यथा नै कुनै नबुझिदिएपछि
मेरो विचार नै कुनै नसुनिएपछि
मैले मभन्दा तिमी सानै भए पनि
मैले मभन्दा तिमीलाई मानै दिए पनि
मेरो हाम्रो भन्ने समस्या तिमीले नसुनेपछि
तिम्रो कागजी घोडाको बुजुर्वा डिग्री नै भए पनि
तिमीमा विवेक शून्य देखेपछि
तिमीलाई अनपढ गँवार भन्न करै लाग्यो

तिमीलाई त यी कुरा सजिलो होला
तर मेरो भित्रि आत्माले भनिरहेको छु
यो तिम्रा लागि यो नकारात्मक कदापि होइन
मैले जति माया दिएर तिमीलाई माया दिए पनि
तिम्रो मुखबाट आदरार्थी शब्ल कहिल्यै सुन्न पाइएन

मै हुँमै मात्र जान्दछु भन्ने ढिपी छोड
आफ्नो विचार गर्नलाई अरुको भावनाको कदर गर
नत्र तिम्रो विचार हावाले उडाई लग्ला
आफ्नो निजी स्वार्थी विचारको ढिपी नगर
अब देखि मात्र हाम्रो हाम्रो सदा हाम्रो भन्ने सिक

हाम्रो भन्ने संसारमा रम्दा संसारै राम्रो हुन्छ
हाम्रो हुन्छ सर्वत्र हट्छ सारा वैरभाव
त्यसैले पढ मेरा भाइ बैना शिक्षा नै उज्यालो ज्योति हो
पढाइ भनेको किताब मात्र हैन, थोरै शिक्षा त हो
पढाइ भनेको प्रकृति सारा पनि हो
पढेकोभन्दा परेको पढ, त्यसलाई गुण, त्यो सारा हो
विच्किए पछि नविच्किने झन् शिक्षा लेऊ
सबैसँग यस्तै परेर जानेका बाँड
निरन्तर असाहायका लागि अथक योद्धा बन
निरन्तर अथक पढाइमा लम्क, प्रयास नछोड
यसैमा गोरेटो बनाऊ यसैमा लाग अब
यसैमा लाग्नू अब ।

२०७४ मङ्सिर ८
बिजु सुवेदी “विजय”
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *