मिर्मिरे भयो सधैझैंै आयो संकेत लिएर
सुबोल काग सुबोल काग असल बोल न
कागले राम्रो कुराको सबै खबर दिन्छ नि
खराब हुने कुराको पनि सूचना दिन्छ नि
कागले थाहा भएको हुन्छ पहिल्यै यी कुरा
त्यसैले काग सूचीत गर्न संकेत दिन्छ नि
प्रलय हुँदा काग नै बाँच्छ अरु त सखाप
भुसुण्डी काग अनन्त भनी बराजु सम्झन्छौं
समय यन्त्र हो काग भन्छौं सूचना दिनाले
नहेपौं अब बकुल्ला बीच काग छ भनेर
काग हो गुणी फोहोर सफा गर्दछ यसले
काग हो सोझो पाल्दछ सधैं कोइली बचेरो
झुण्डका झुण्ड कागको सधैं वथान लम्कन्छ
आपत परे बैरीको चाला मेटाई छोड्दछ
सुरम्य घडी पहिलो दिन कागको तिहार
मिष्टान्न मेवा चढाई अर्पी सुबोल भन्दछौ
हरेक वर्ष तिहार मात्र तिम्रो छ पुजन
सधैं मा भरि गरौं है अब कागको मनन
२०७४ असोज ३०
बिजु सुवेदी “विजय”
