Skip to content

बुझिदियौं हामी दुबैले प्रेमको परिभाषा
बुझिदियौं हामी दुबैले जीवनको परिभाषा

अलिकति तिमीले नसम्झिएको प्रेम
अलिकति मैले नसम्झिएको प्रेम
मैले नसम्झिएको प्रेम तिमीले बुझाउँदा
तिमीले नसम्झिएको प्रेम मैले बुझाउँदा
बनीगयो समग्र प्रेम
बुझिदियौं हामी दुबैले प्रेमको परिभाषा

अलिकति तिमलिे नबुझेको जीवन
अलिकति मैले नबुझेको जीवन
मैले नबुझेको जीवन तिमीले बुझाउँदा
तिमीले नबुझेको जीवन मैले बुझाउँदा
बनीगयो हाम्रो जीवन
बुझिदियौं हामी दुबैले जीवनको परिभाषा

बिजु सुवेदी “विजय”
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *