Skip to content

Buddhi Moktan

रगत दिई गुलाब साटेँ

रगत दिई गुलाब साटेँ पिँजरामा मुटु राखी
छानेकै त्यो तारा खस्यो हेर्दाहेर्दै आज राती

आफ्नै मुटु पर्खाल हालेँ जीवन बग्दा किनारमा
ठक्करै हो सबले देको नसोध याँ को छ जाती

हृदयको ढोका फोडी

हृदयको ढोका फोडी कहाँ उढ्यो मनको चरी
आफ्नो भन्ने हुन्न रैछ खसेपछि आँसु धरी

फर्की आए बस्ने गुँड छ माया दिई बेरौला म
नआए नि जानेलाई क्षितिज सम्मै हेरौला म
रगत दिई गुलाब साटेँ पिंजरामा मुटु राखी
छानेकै त्यो ताराखस्यो ढोकाखोल्दा आज राति

बिना माया तुर्दा खेरी

लाखौ कुरा मनमा खेल्यो बैगुनीलाई कुर्दा खेरी
वियोग को गजल बन्यो त्यति बेलै फुर्दा खेरी

रंग फेर्ने दुनियाँमा सत्य बोलेँभन्दा भन्दै
चट्ट भुल्न गाह्रो हुन्न अन्य प्रिय जुर्दा खेरी

फैसला तिम्रै हो प्रिय जनता!

म,
म त लाचारी नेता हुँ
म त भ्रस्ट नेता हुँ
म त असक्षम नेता हुँ
म त सिद्धान्तहिन नेता हुँ
म त तिरस्कृत नेता हुँ
म त आलोचित नेता हुँ
म त घृणित नेता हुँ

शरदमा फुल्ने फूल

शरदमा फुल्ने फूल शिशिरमा फूली दियो
कोही थिएनन मालागाँस्ने र त याम भुली दियो

धर्तीमाथि जून पोख्यो मार्सी धान झुल्ने बेला
बयेली थ्यो गैरी खेतमा केले बाढी हुली दियो

“ठूल्दिदी!”

कविता -“ठूल्दिदी!”
( बुद्धि मोक्तान)

अली परको मानेडाँडामा
परदेशीको हुल
उकालो लाग्दा
भञ्ज्याङ पारीबाट
गाउँबेशीमा पाइला टेक्दा
भुँई बोकेर न्याम
खुवाउने ठुल्दिदी !
तिमीलाई संम्झिन्छु
बिर्सेकी त छैनौ होला नी
गाउँबेशीका लिङ्गेहरु!
मौलाहाका मालश्रीहरु!
टपरीका जमराहरु!
आँगनीका झम्के
अनी,
बरण्डाका गमलाहरु !

लरक्क आँगनीमा
संयौ थूँगा झम्के
भमरा र पुतलीलाई
चुम्न नदिई
करेसाको लालुपाते
रंग र रस,बिस्थापित हुन नदिई
ठूल्दिदी
तिम्रो लागि जोगाएको छु,
तिम्रो लागि हुर्काएको छु
टीका थाप्ने निम्तो
अस्ती,
सालको पात झर्ने बेला
अस्ती आरु फूल्ने बेला

नडराऊ कलमसँग

नडराऊ कलमसँग डराउ बरु तरवारसँग
केही हुन्न घाँटी रेट्ने जाबो गजलकारसँग

सत्य लेखी भेद खोल्छौ भन्नेले याँ भने पनि
नलेखेको इतिहास छ वंशनासको दरवारसँग

मेरो मन मुटुभित्र

मेरो मन मुटु भित्र चोखो माया हुन्छ सधै
यै मुटुमा काँडा बिझी च्वास किन छुन्छ सधैं

न आए भो आँधी हुरी मडारिदै मेरोतिर
बेदनाको लहर उर्ली आफ्नै सासले थुन्छ सधैं

बेजोड थ्यो बुद्धि त, बलै पो पुगेन

बेजोड थ्यो बुद्धि त, बलै पो पुगेन
ढल्यो यो जिन्दगी, मलै पो पुगेन

राहत बाड्दै थ्यो, ढुकुटी रित्याई
माथिलाई ठीकै भो, तलै पो पुगेन

किन गढ्यो ? भित्र भित्रै,

किन गढ्यो ? भित्र भित्रै, यो मुटुमा सियो ।।
यै मुटुको कुना कानी, चोखो माया थियो ।।

बिरहमा कल्पि कल्पि, आँसु झरेँ धेरै
शायद आँसु मेरो होला, खुशी कस्ले पियो ?

दैब कतै देखिएन

दैव कतै देखिएन, यती उमेर टाढा हुँदा पनि
कस्ले सुन्यो मेरो कुरा, मन्दिरमा रुदा पनि

यो मनको पीडा छल्न, मठ मन्दिर् पुगेको थेँ
ब्यथा झनै बढ्यो बरु, सुनकै मूर्ति छुदा पनि

फर्केर फेरि आउँदिन होला,

तिमीलाई म/भनेर जान्छु
फर्केर फेरि/आउँदिन होला,
लाग्न त लाग्ला/ गगनमा चाँद
फेरि म तिमीमा/छाउँदिन होला
तिमीलाई म भनेर जान्छु…..

तिमी रुन्छौ पतझरमा

तिमी रुन्छौ पतझरमा म रुदैछु बसन्तमा
रुनै रैछ तिम्रो मेरो यो जूनीको लेखान्तमा

उषा हाँस्दा शीतको मोती जम्छ प्रीतको पातैभरि
कमल फुल्छ त्यही बेला मायालुको हातैभरि
हाम्रो भने फूल्नै नपाई प्रीत पुग्यो एकान्तमा
खुशी थियौ सुरु हुँदा, डुब्यो प्रीति दुखान्तमा

डियर कल्याण

डियर कल्याण !
धेरै को कथा, र
धेरैको ब्यथा सुने पस्च्यात,
मलाई पनि,
आफ्नो कथा, लेख्न मन लाग्यो
आफ्नो ब्यथा, कोर्न मन लाग्यो
कोरिएका ब्यथा र कथाका पोकाहरू,
त्यहासम्म पठाई,
तपाईंको लोकप्रिय कार्यक्रम मार्फत
सुनाउन मन लाग्यो
आश छ
प्रसारण गरिदिनु हुनेछ ।

के छ खबर ?

मुर्खहरू ठीकै होलान, बुद्धिमानको के छ खबर ?
निर्धाहरू लड्दै होलान, बलवानको के छ खबर ?

फुट्ने होइन जुटाउने, कुरा गर्थे ब्याकुल माइला
जुट्यो या त झनै फुट्यो, राष्ट्रगानको के छ खबर ?

कहाँ हुन्छ

पाखा हाँसो भित्र पीडा, लुकाएर कहाँ हुन्छ ?
प्रतिष्ठाको हाम्रो सान, झुकाएर कहाँ हुन्छ ?

आँफै पुगौँ सीमानामा सीमा कोर्न रगतले
भाषणमा नेता मात्रै, भुकाएर कहाँ हुन्छ ?

खोइ त तिमी ?

सुसेलीले बोलाँउदा, सुन्ने बेला खोइ त तिमी ?
खहरे भै बग्यो माया, थुन्ने बेला खोइ त तिमी ?

रङ्गिन् रात कल्पी कल्पी कुरे पनि साइतलाई
फूल छानी वरमाला उन्ने बेला खोइ त तिमी ?

कहाँ थियौ ?

जवानीको लालु पाते, फूल्ने बेला कहाँ थियौ ?
सुवास चुम्न भमरा ती, डुल्ने बेला कहाँ थियौ ?

सजाएँ थेँ तिम्रै लागि, यो मनको डाली डाली
फुली फली झर्यो बाली, झुल्ने बेला कहाँ थियौ ?