Skip to content


मुर्खहरू ठीकै होलान, बुद्धिमानको के छ खबर ?
निर्धाहरू लड्दै होलान, बलवानको के छ खबर ?

फुट्ने होइन जुटाउने, कुरा गर्थे ब्याकुल माइला
जुट्यो या त झनै फुट्यो, राष्ट्रगानको के छ खबर ?

रगत पछि जगत बन्छ, सुनेका हौ यस्तै यस्तै
साहदत थे लाखौं सन्तान, बलिदानको के छ खबर ?

जाती धर्म कुरा गरी, ठूला हुने निस्के होलान
नेपाली हुँ भन्ने एकै, पहिचानको के छ खबर ?

रगत को चिनो हाली, कोरेका थ्यौ आफ्नो सीमा
मेटियो कि छ त बाँकी, ती निशानको के छ खबर ?

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *